काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो (सोमबार) देशभरि सरकारको विरोधमा प्रदर्शन तथा विरोध सभा आयोजना गरेको थियो । तर, पार्टी सभापति शेरबहादुर देउवा भने विरोध सभामा सहभागी भएनन् ।

देशका ७७ वटै जिल्लामा कांग्रेसले सरकारविरुद्ध नारा, जुलुश तथा प्रर्दशन गर्दा देउवा सहभागी नहुनुलाई रहस्यको रुपमा हेरिएको छ । स्रोतका अनुसार देउवा अस्वस्थ भएर वा अरु कुनै कारणले गर्दा विरोध सभामा सहभागी नभएका होईन् । उनी त प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आन्तरिक सहमतिका कारण विरोध सभामा सहभागी नभएको खुलासा भएको छ ।
डाक्टर गोविन्द केसीको अनशन तोडाउन देउवाले नै पहल गरेका थिए । त्यो पनि प्रधानमन्त्री ओलीकै सहमतिमा । केसीको अनशन तोडाउनुअघि देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीसँग भेटवार्ता गरेका थिए । त्यसपछि पनि उनले ओलीसँग कांग्रेसका केही नेता तथा नेविसंघका अध्यक्षसहित ओलीसँग भेटेका थिए ।

ओली र देउवाबीच केसीको अनशन तोडाउन सहमति हुनुको पछाडि अर्को कारण छ–वाईडबडी खरिद प्रकरणमा देउवाको नाम मुछिनु ।

संसदको सार्वजनिक लेखा समितिले बाहिर ल्याएको प्रतिवेदनमा बहलावाला पर्यटनन्त्री रवीन्द्र अधिकारी, पूर्व पर्यटनमन्त्रीद्धय जीतेन्द्र नारायण देव र जीवन बहादुर शाहीको नाम पनि मुछेको छ ।

देउवाले यसअघि नै वाईडबडी घोटाला प्रकरणमा आफ्नो नाम मुछेर बदनाम गर्न खोजेको भनेर स्पष्ट पारिसकेका छन् । यो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको देउवाले दावी गरिसकेका छन् । उनले वाइड बडी प्रकरणमा आफ्नो संग्लनता नभए पनि आफ्नो चरित्र हत्या गर्नका लागि नाम जोडेर बदनाम गर्न खोजेको आरोप लगाएका थिए ।

२०७४ सालमा आफू प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालयहरु आफ्नो जिम्मा भएपनि त्यसवेला आफुले मन्त्री परिषद्को वैठबबाट पास नगरेको र त्यस वारेमा आफुलाई थाहा नभएको देउवाको दाबी छ ।

वाईडवडी खरिदको टेण्डर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा भएको त्यसपछि प्रक्रियागत रुपमा अगाडी वढे पनि आफुलाई कुनै थाहा नभएको देउवाले बताउँदै आएका छन् ।

यो घटनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष प्रचण्डको संलग्नता रहेको दाबी गर्दै घटनालाई अन्तै मोड्नका आफुलाई मुछेको बताएका थिए ।रिर्पोटसनेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah