वीरेन्द्रनगर । बैंकहरूले मनपरी ढंगले ब्याज बढाएको भन्दै सुर्खेत उद्योग वाणिज्य संघले बिहीवार बैंक बहिष्कारसहित वीरेन्द्रनगरमा विरोध र्‍याली प्रदर्शन गर्ने भएको छ । सिण्डिकेट जसरी एकपक्षीय रूपमा बैंकहरूले निर्धारण गरेको चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशयी हुने स्थितिमा पुगेको निष्कर्षसहित एकदिने बैंक बहिष्कारसहित विरोध प्रदर्शनको घोषणा गरिएको हो ।

संघको सोमवार सम्पन्न बैठकले बिहीवार एक दिनभर कुनै बैंकिङ कारोबार नगरी विरोध ¥यालीमा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । संघका पदाधिकारीमध्ये कसैले पनि उक्त दिन बैंकिङ कारोबार नगर्ने सामूहिक घोषणा समेत गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।

मंगलगढी चौकबाट विरोध र्‍याली गरी बजार परिक्रमापछि वीरेन्द्रचौकमा कोणसभा गर्ने र बैंकहरूलाई विरोधपत्र बुझाउने कार्यक्रम रहेको उनले बताए । विरोध र्‍यालीको तयारीका लागि संघका उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा समिति पनि गठन गरिएको छ ।

९ प्रतिशतमा लिएको बैंक कर्जाको ब्याज एकाएक १३ प्रतिशतसम्म पु¥याउँदा व्यापार चौपट र व्यापारी पलायन हुनुपर्ने अवस्था आउन लागेको संघका अध्यक्ष धनबहादुर रावतले बताए । बैंकहरूले उत्पादनमूलक उद्योगका लागि प्रवाह गर्ने ऋणमा ७ प्रतिशत र व्यावसायिक क्षेत्रमा ९ प्रतिशतमा नबढाई ब्याजदर कायम नगरे निजीक्षेत्र नै धराशयी हुने रावतको भनाइ छ ।अभियानबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah