विष्णुप्रसाद पोखरेल दमक । तीनदिन अघि नै दमक आउने कार्यक्रम तय भएपनि बुधबारमात्र पुर्व राजा ज्ञानेन्द्र शाह यहाँ रहेको मिनि दरबारमा आएकाछन् । अपरान्ह उनि दमक आइपुगेकाहुन् ।
उनको स्वागतमा हिमालयन महालक्ष्मि चिया बगानको गेटमा बसेका राजा समर्थितहरु त्यतिखेर जिल्लिए जतिखेर उनि सवारी नरोकि सरासर भित्र पसे । उनले आफै सवारी हाँकेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नं. १ का अध्यक्ष राम थापा सहित फुलगुच्छा लिएर गेटमा बसेका थिए ।
तर शाह रोकिएनन् । शाह चिया बगानभित्र रहेको उनको पुरानो मिनि दरबारमा सरासर गए ।
शाह करिब दूइसाता दमकमा रहने बताइएको छ । अघिल्लो पटक यहाँ आएर उनले पुस्तक लेखेको चर्चा पनि थियो ।
तर उक्त पुस्तकको विषयमा अहिलेसम्म केहि कुरा पनि बाहिर आएको छैन ।
शाहको स्वागतमा राजमार्गका बिभिन्न ठाँउहरुमा शुभेच्छुकहरु बसेपनि उनि कहि पनि नरोकिएको बताइन्छ ।
फुलगुच्छा लिएर वसेका राजाबादीहरु जिल्ल परेर फर्केका थिए ।
र यो पनि हेर्नुहोस
https://www.youtube.com/watch?v=tNUoiIPcSwY&feature=share









