काठमाण्डु, २६ माघ– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न सफल भएको दाबी नेपाल प्रहरीले गरेको छ ।

निर्मला हत्याको ६ महिनापछि प्रहरी हत्यारा पत्ता लगाउन सफल भएको हो । प्रहरी मुख्यालय उच्च स्रोतका अनुसार एक/दुई दिनभित्रै हत्यारा सार्वजनिक गर्ने तयारी भएको छ । निर्मलाका हत्यारा पत्ता लगाउन र पीडित परिवारलाई न्याय दिन नसकेको भन्दै प्रहरीको चर्को आलोचना भइरहेको छ । सो प्रकरणलाई सरकारको असफलतासँग जोडेर प्रतिपक्षीसहितले आवाज उठाउँदै आएका छन् ।

सरकारले भने ९५ प्रतिशत अपराधका घटनामा नेपाल प्रहरीलाई सफलता मिलेको दाबी गर्दै निर्मला प्रकरणमा गम्भीर छानबिन भइरहेको बताउँदै आएको छ । केही दिनअघि प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्याका दोषी ‘सिंहदरबार र बालुवाटारमा भए पनि कारबाही गरेरै छाड्ने’ बताएका थिए ।

निर्मलाका हत्यारा पत्ता लागे पनि उसको परिचय गोप्य राखिएको छ । यसअघि दिलीपसिंह विष्टसहित प्रहरीले घटनामा संलग्न भनी सार्वजनिक गरिएकाहरु डिएनए परीक्षण नमिलेपछि छुट्दै आएका छन् । यसपटक पनि त्यस्तै नहोस् भन्नका लागि सजगता अपनाउँदै दोषी सार्वजनिक गर्न हतार नगरिएको दाबी प्रहरी स्रोतको छ ।

यसपटक भने डिएनए परीक्षण समेत मिलेको स्रोतले बतायो । हत्यारा निर्मलाकै घर आसपासका व्यक्ति भएको र उसले पटकपटक बलात्कार घटना घटाएको बताइएको छ । यद्यपि पहुँचवाला भएका कारण अहिलेसम्म कानूनी कारबाहीको दायरामा ल्याउन नसकिएको दाबी प्रहरीको छ ।
निर्मलाको गत १० साउनमा बलात्कारपछि हत्या भएको थियो ।काठमन्डु टुडे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah