झापा । सत्तारुढ दल नेकपाको झापा जिल्ला कमिटिले आगामी फागुन १ गते ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गरेको छ। उक्त दिन ‘२३ औं महान जनयुद्ध दिवस’ विषयक प्रवचन कार्यक्रमको आयोजना गरिने नेकपा झापाले निर्णय गरेको हो । आगामी फागुन ९ गते दिवंगत तत्कालिन माओवादीका नेता गौरीशंकर खड्काको ८ औं स्मृति दिवस कार्यक्रममा उपस्थितिका लागि पार्टी सदस्यहरुलाई नेकपा झापाले आग्रह गरेको छ।
सोही दिन नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) कार्यक्रममा उपस्थित हुने बताइएको छ। ‘जनयुद्ध’ का प्रथम सहिद दिलबहादुर रम्तेल सहादत प्राप्त भएको दिन फागुन १४ गते झापाका सबै स्थानीय तहमा सहिद तथा बेपत्ता परिवार, जनयुद्धका घाइतेहरुलाई भेटघाट कार्यक्रम आयोजना गर्न नेकपा झापाले स्थानीय कमिटिहरुलाई निर्देशन दिएको छ। साथै झापा आन्दोलनका सहिदहरुको सम्झनामा फागुन २१ गते झापा र इलामको सीमाना सुखानीमा कार्यक्रम गर्ने पनि नेकपा झापाको निर्णय छ।




