दमक/दमक नगरपालिकामा खानेपानी धारा जडान गरेका उपभोक्ताहरुले अब बील तिर्नका लागि धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

दमक खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी महषुल भुक्तानीका लागि एप्स सञ्चालनमा ल्याउन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भोलीदेखि इ–विलिङ्गमार्फत महषुल संकलन गर्न लागिएको संस्थाका अध्यक्ष गौतमले जनाएकाछन्।

उपभोक्ताहरुलाई महषुल बुझाउनका लागि झन्झट नहोस भनेर यो ब्यवस्था गरिएको उनले जनाए ।

यसबाट नगरका ७ हजार वढी उपभोक्ता लाभान्वित हुने पनि बताइएको छ ।