काठमाडौं, फागुन १

प्रहरी प्रधान कार्यालयले १२ जनाप्रहरीउपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कामको मुल्यांकण र बढुवा भएका प्रहरी अधिकृतहरुको अवस्था हेरी काज सरुवा गर्नुभएको हो ।

जसअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका एसपी भीम ढकाललाई सरुवा गरी दिनेशराज मैनालीलाई पठाउनु भएको छ । यस्तै सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेश कुमार सिंह, एक नम्बर गणमा दीपकराज खरेल, रौतहटमा भुपेन्द्र बहादुर खत्री, पथलैया ट्राफिकमा योगबहादुर पाललाई सरुवा गरिएको छ ।

यसैगरी कंचनपुरमा दिनेश कुमार आचार्य, बागलुङमा कृष्णहरी शर्मा पोखरेल, दङ्गा गण हेटौंडामा ध्रुवराज राउत, पहरा गणमा कुबेर कडायत,अपराध महाशाखामा केदार ढकाल, प्रहरी एकेडेमीमा दीपक रेग्मीलाई सरुवा गरिएको छ ।

नेपाल प्रहरीमा एसपीसम्मको सरुवा गर्ने अधिकार आइजीपीमा रहेको छ । माघ २९ गतेको मितिमा एसपीको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah