बिर्तामोड । ड्युटीमा रहेका प्रहरीले बोकेको सर्टगनको छर्रा लागेर पत्रकार सुनिरा मैनाली घाइते भएकी छिन् । गृहमन्त्री रामबहादुर थापा झापा आउदै गर्दा सडक गस्तीमा रहेका प्रहरी जवान लक्ष्मण शेर्पाले बोकेको सर्टगन अचानक पड्किएको थियो ।

लक्ष्मीपुर चोकमा लगभग ३ सय मिटर टाढा रहेकी मैनालीलाई खुट्टामा गोलीको छर्रा लागेको थियो । छर्रा लागेपछि लडेकी मैनालीलाई बिएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शेर्पाले बोकेको सर्टगन सम्वेदनशिल रहेको र अलिक घाममा तात्ने बितिकै पड्किन सक्ने यसको बिशेषता रहेको सुरक्षाश्रोतले जनाएको छ ।  शेर्पालाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । ब्लाष्टखबरबाट