काठमाडौं, फागुन २

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकै दिन पार्टीलाई विभाजन गर्ने अनेकथरी षडयन्त्र र प्रयास भइरहेको खुलासा गर्नुभएको छ । ओली र दाहालले हिजो आयोजित अलग–अलग कार्यक्रममा पार्टीभित्र समस्या निम्त्याउन थामिनसक्नु प्रयास भइरहेको खुलासा गर्नुभएको हो ।

भेनेजुएला प्रकरण, संक्रमणकालीन न्यायको मुद्दा, संघीयता कार्यान्वयन, पार्टी एकतामा भएको ढिलाइलगायतका विषयमा दुई अध्यक्षका बीचमा पछिल्लो पटक असमझदारी बढेको समाचार आइरहँदा दुवै अध्यक्षले नेकपामा समस्या पैदा गर्ने प्रयास भइरहेको तर त्यो संभव नहुने बताउनु भयो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राष्ट्रियसभा गृहमा ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणा सभा’ मा र अर्का अध्यक्ष दाहालले पार्टी कार्यालय धुम्वराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका सहिदको सम्झना’ मा आयोजित कार्यक्रममा त्यस्तो सो टिप्पणी गर्नुभएको हो ।

दुवै अध्यक्षले सार्वजनिक कार्यक्रममा सम्वोधन गर्नुअघि बुधबार बिहान बालुवाटारमा छलफल गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले बा–आमाको झगडाको कथा सुनाउँदै आफ्नो पार्टीभित्र नेतामा झगडाको बीउ रोप्ने प्रयास भएको औंल्याउनु भयो ।

‘विभिन्न प्रयासहरू भइरहेको छ। म देखिरहेको छु। अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो। त्यसभित्र समस्या पैदा गर्ने कोसिस ओहो ! थामिनसक्नु छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बासँग कानमा भन्ने बा, आमा त बोक्सी हुनु हुँदोरहेछ। आमाको कानमा गएर भन्ने, बा त जँड्याहा भइसके नि। बाले ख्याल गर्नु। भरे पक्कै आमा मुख सुघ्न आउँनुहुन्छ। आमाको कानमा गएर भन्ने, तपाई पत्याउनु हुन्न रु भने गएर बाको मुख सुघ्नुहोस् न कस्तो गन्हाउँछ ? नभन्दै आमाले गएर सुघ्छिन, रक्सी गन्हाउँदैन, तर बालाई लाग्छ–सुघ्न त आई, बोक्सी रहेछ। यस्ता प्रयासहरू थुपै्र भएका छन्।’

प्रधानमन्त्रीले त्यस्ता झगडा पार्न खोज्नेहरू असफल हुने भन्दै प्रयास नगर्न चेतावनी दिनुभयो । ‘प्रयास नगरे पनि हुन्छ। न आमाले सुघ्न जानेछिन्, न बा ले बोक्सीको आरोप लगाउनेछन्। म देखिरहेको छु, अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्न पनि खुब प्रयास भइरहेको छ। त्यस्तो प्रयास नगरे हुन्छ, उहाँले भन्नुभयो ।’

धुम्बाराहीमा अर्का अध्यक्ष दाहालले प्रतिक्रियावादी र असवरवादीले पार्टीभित्र नेताहरू बीच नै फाटो पार्ने प्रयास गरिरहेको भन्दै सचेत हुनुपर्ने बताउनु भयो ।

‘प्रतिक्रियावादीले विभिन्न खालका षडयन्त्रमार्फत यो पार्टीलाई कमजोर पार्ने, पार्टीभित्रै फाटो पार्ने, नेताका बीचमै अविश्वास र आशंका पैदा गर्ने विभिन्न एक्ससरसाइज हुन्छन्। भइरहेका छन्’, दाहालले भन्नुभयो, ‘हामी प्रतिक्रियावादी र अवसरवादीको ‘प्रोभोकेसनमा आउने छैनौं। हामीलाई यो पार्टी एकता कसैले माया गरेर। दया गरेर दिएर भएको होइन।’

दाहालले पार्टी एकता सहिदको त्याग, वलिदान र जनताको निकै ठूलो क्रान्तिकारी आन्दोलनको बलमा भएको जिकिर पनि गर्नुभयो ।

‘हामी एकजुट हुँदा यसको रक्षा हुन्छ। एकजुट हुन सकेनौं र प्रतिक्रियावादी अवसरवादीको प्रोभोकेसनमा फस्यौं भने हामीलाई कठिनता र जटिलता आउने छ, त्यसैले प्रोभोकेसनमा हामी आउनेवाला छैनौं। हामी जनताप्रति गरिएको संकल्प, प्रतिवद्धता र जनताले हामीप्रति गरेको भरोसालाई टुट्न दिनेछैनौं, ’अध्यक्ष दाहालको भनाई थियो ।जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah