काठमाडौँ, ८ फागुन । एकजना चर्चित अभिनेत्रीलाई आफ्नै ड्राइभरले बलात्कार गरेको समाचार बाहिर आएको छ ।

शुक्रवार राति आडी भन्ने स्थानमा साउथ इन्डियन फिल्म इन्डस्ट्रीकी ती अभिनेत्रीको बलात्कृत भएको समाचारमा उल्लेख छ । अभिनेत्री मलायालम फिल्म इंडस्ट्रीमा चर्चित छिन् । उनले तेलगु, तमिल र कन्नड फिल्ममा पनि काम गरिसकेकी छिन् ।

अभिनेत्रीका ड्राइवर मार्टिन र सुनिल कुमार भनिने सुनिल पल्सरले बलात्कार पूर्व दुर्घटनाको अवस्था सृजना गरेका थिए । बलात्कारमा संलग्न ड्राइभर मार्टिन गिरफ्तार भइसकेका छन् । सुनिल र उनका तीन जना साथी फरार छन् । सुनिल केही महिना अगाडिसम्म ती अभिनेत्रीको ड्राइभरका रुपमा कार्यरत थिए ।

स्थानीय पुलिसले बलात्कृत भएकी अभिनेत्रीलाई मेडिकल जाँच गरिएको र मेडिकल जाँचपछि बलात्कार भएको रिपोर्ट आएको जनाएको छ ।

अभिनेत्री २०१३ को आफ्नो फिल्मको सीक्वलको डबिंगका लागि कोच्चि जाँदै थिइन् । उनी सवार कार अचानक अंगमालीको अथानीमा रुकेको थियो ।

वरिष्ठ पुलिस अफिरका अनुसार अभिनेत्री सवार कारलाई पछाडिबाट अटो रिक्साले ठक्कर दिएपछि ड्राइभर मार्टिनले कार रोकेका थिए । तीन जना अभिनेत्री सवारी कारमा प्रवेश गरेर जथाभावी गाली गरेका थिए । त्यस बेला मार्टिनले कार चलाइ रहेका थिए ।

आरोपीहरूले अभिनेत्रीलाई गाली गर्दै करिव एक घण्टासम्मको फिल्म पनि बनाएका छन् । पछि कारलाई रोकेर मार्टिन पछाडि रहेको अर्को कारमा बसेका थिए ।

कोच्चिका पुलिस कमिश्नर एमपी दिनेशले यो विषय यौन शोषणको मामला रहेको भन्दै अभिनेत्रीको नाम भन्न मानेका छैनन् । – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah