काठमाडौं, ९ फागुन । राजदूत नियुक्तिमा विवाद नेपालमा मात्र हुँदैन, भारतमा पनि हुन्छ । नेपालका लागि भारतीय राजदूत छनौटमा तीब्र गुटवन्दी र विवाद भइरहेको छ । नयाँदिल्लीस्थित श्रोतका अनुसार सत्तारुढ भारतीय जनता पार्टीका नेताहरुको गुटवन्द्यी र तानातानले नेपालमा राजदूत नियुक्त हुन नसकेको हो । वर्तमान राजदूत रन्जीत रेको कार्यकाल फेब्रुअरी २५ बाट सकिँदैछ । उनलाई कसले प्रतिस्थापन गर्ने भन्ने अहिलेसम्म भारत सरकारले टुंगो लगाउन सकेको छैन । दक्षिण एशियामा भारतले पाकिस्तानपछि सबैभन्दा निगरानी गरेको देश हो नेपाल । त्यसैगरी दक्षिण एसियामा भारतले सबैभन्दा धेरै आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको देशमा नेपाल पहिलो नम्बरमा पर्छ । दक्षिण एशियामा चीन आक्रामक रुपमा प्रभाव विस्तारमा लागेपछि नेपालमा भारतले झन बढी हस्तक्षेप र चासो गर्न थालेको हो । यति महत्वको मुलुकमा आफ्नो गुटका मानिसलाई राजदूत बनाउन सत्तारुढ भाजपाका सबै गुटका नेताहरु भिडेर लागेको बुझिन्छ । साँघु साप्ताहिकमा खबर छ ।
राजदूत छान्न दिल्लीमा चर्को विवाद
सवाल नेपालसंवाददातासोमबार, ७ फागुन २०७३

राजदूत छान्न दिल्लीमा चर्को विवाद
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

यो पनि पढ्नुहोस् »
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ
आइतबार, १३ वैशाख २०८३
अमेरिका- इजरायलले इरानमा गरेकाे संयुक्त आक्रमणमा कम्तिमा १३३ नागरिकको मृत्यु
आइतबार, १७ फागुन २०८२
आक्रमणमा इरानी सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी
आइतबार, १७ फागुन २०८२
भारतको दिल्लीमा रेल स्टेसन नजिकै विस्फोट : ८ जनाको ज्यान गयो
मंगलबार, २६ कात्तिक २०८२
कुवेतको श्रमिक आवासमा भएको आगलागीमा मृत्यु हुने अधिकांस भारतीय रहेको पुष्टि, विदेश राज्यमन्त्री सिंह कुवेत पुग्दै, ५ नेपाली घाइते भएको प्रारम्भिक विवरण
बिहीबार, ३१ जेठ २०८१



