दमक/झापाको दमक बसपार्क र आसपासको क्षेत्रमा आज सरसफाइ गरिएको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय दमकको अगुवाइमा यहाँका बिभिन्न संघसंस्थाहरुको सहभागितामा बृहत सरसफाइ भएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालका अनुसार बिभिन्न सघसंस्थाको समन्वयमा सरसफाइ गरिएको हो ।

यसलाइ निरन्तरता दिइने पनि उनले बताएकाछन् ।

बसपार्क क्षेत्र फोहोर रहेको थियो ।

दमकको वसपार्क अहिले सफासुग्घर भएको छ ।