लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई

नरेन्द्र चुदाली

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशको दु:ख दाइले गाउँदा पर्नु पर्यो पिर। हार खाएर हुन्न अब जागौ सबै तिर। लुट्दैन भो दाइ मैले लुट्दैन भो दाइ , बरु भनुन नामर्द नै पाली बस्छु गाई । देश सेवामा लाग्नु पर्ने सबको होनि धर्म। तरपनी लाग्छन यहाँ गर्नलाइ कु- कर्म । ठोक्नु पर्छ दाइ यहा ठोक्नु पर्छ दाइ , देश लुटेर खानेलाइ मिलि दाजुभाइ। ठुला ठुला कुरा गर्छन पानी जहाज र रेल। पाखा वारि बाझै राखी खान्छ्न पोका तेल। हिसाब हुन्छ दाइ सबको हिसाब हुन्छ दाइ , विकास कैलै हुदैन है कमिशनमा धाइ । जनता मरे भ्रष्टचार र चर्को महङ्गिले । पिर मर्का बोल्दैछ त्यो गाइने सारङ्गिले। रोक्नु पर्छ दाइ अब रोक्नुपर्छ दाइ, विदेशतिर भौतारीने हाम्रा दाइभाइ। बरालिदा नेताहरुका गन्तव्यका चक्का । समृद्धिको सपनामा लाग्दोरैछ धक्का । धैर्य गरौ दाइ अझै धैर्य गरौ दाइ बनाउनु छ यो देशलाई सबै मिलि भाइ । सगरमाथा सम्पदाले लाग्छ कति हर्क । दुख लाग्छ देश बिग्रेर बन्न लाग्दा नर्क । पर्ख पर्ख दाइ अझै पर्ख पर्ख दाइ , अब धाउनु पर्ने छैन अब साउदी कतार थाइ । अर्थ संसार बाट साभार गरिएको हो।