कर्नाटकको बेंग्लोरमा चलिरहेको भारतीय वायु सेनाको एयर शोकै क्रममा दुर्घटना भएको छ ।

यलहांका विमानस्थलमा एयर शोका क्रममा सूर्यकिरण एयरक्राफ्टका दुई विमान एक आपसमा ठोक्किएका छन् । एयरक्राप्टका दुवै पाइलट भने सकुशल भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । उनीहरुको अवस्था कस्तो छ भन्नेबारेमा भने केही बताइएको छैन । दुर्घटनाग्रस्त जहाजले लागेर एक जना नागरिक पनि घाइते भएकाे बताइएकाे छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनापछि दुवै विमान येलहांकाकाे न्यू टाउन एरियामा खसेकाे बेंग्लाेर प्रहरीले जनाएकाे छ ।

https://twitter.com/i/status/1097748592884731908

रिहर्सलका क्रममा दुवै एयरक्राफ्ट उडान भर्ने क्रममै आकाशमा ठोक्किन पुगेका हुन् । औपचारिक रुपमा भारतीय वायु सेनाले भोलिदेखि ५दिवसीय एयर शो गर्दैछ । त्यसैको पूर्व सन्ध्यामा रिहर्सलका क्रममा विमान दुर्घटनामा परेको हो ।