काठमाडौं, फागुन ७

सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनि सिएमसीलाई काममा फर्काउने चाहेकोमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले अवरोध गरेपछि मन्त्रीपरिषदको बैठकले ठाकुरलाई सरुवा गरेको छ ।

सचिव ठाकुरले खानेपानी मन्त्रीमा बिना मगर नियुक्त हुनेबित्तिकै दशैंमा पानी आउने ब्रिफिङ गरेका थिए । तर, दशैंमा पानी आएन, दशैंमा पानी नआएकै मन्त्री बिना मगर आलोचनाको शिकार हुनुपर्यो । मेलम्चीको काम अन्तिम चरणमा पुगेका बेला गत डिसेम्बर २१ मा सिएमसीले आयेजनास्थल छोडेर गएपछि अन्यौलताको अवस्था सिर्जना भयो ।

त्यसपछि मन्त्रालयले सिएमसीका प्रतिनिधिसँग औपचारिक र अनौपचारिक गरी पटकपटक बार्ता गर्यो । बार्तामा मन्त्री बिना मगर सकारात्मक रुपमा प्रस्तुत भए पनि सचिव सिएमसी फर्काउने कुरामा सकारात्मक बन्नुभएन । जसका कारण सिएमसीका प्रतिनिधि काममा फर्कन तयार भएनन् ।
अघिल्लो साता मन्त्री मगरले सिएमसीको मूख्यालयकै प्रतिनिधिसँग बार्ताका लागि आफ्नो तीन सदस्यीय टोली सिङ्गापुर पठाउनु भएको थियो ।

बार्तामा नेपाली प्रतिनिधि र सिएमसीका अधिकारीबीच मेलम्ची आयोजनाको बाँकी काम सम्पन्न गर्न सिएमसी नै फर्काउने बिकल्पका विषयमा छलफल भएको थियो । नेपाली प्रतिनिधि मण्डलले सिएमसी नै काममा फर्किने अवस्थामा कानूनबमोजिम हेर्न सकिने विषयमा सरकार लचक हुने संकेत गरेका थिए ।

स्रोतका अनुसार मन्त्री मगरले सिङ्गापुरको बार्तामा सचिव ठाकुरलाई नै पठाउन चाहनुभएको थियो । तर, सचिव ठाकुर सिएमसीसँग बार्ताका लागि तयार भएनन् । त्यसपछि मन्त्री मगरले मेलम्ची आयोजनाका उपनिर्देशक भोजविक्रम थापाको नेतृत्वमा तीन सदस्यीय टोली सिङ्गापुर पठाउनु भयो । वार्ता सकारात्मक र फलदायी भएको टोलीको भनाइ छ ।

तर, सिएमसीका प्रतिनिधिहरुले सचिव ठाकुरले आफूहरुसँग पैसाका लागि बार्गेनिङ गरेको र काममा अवरोध गरेकाले फर्कन कठिन हुने जवाफ दिएका थिए । मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रीज्यू सिएमसी नै फर्काएर आयोजनाको काम छिटो सक्नेमा हुनुहुन्छ । तर, सचिव त्यसका लागि तयार हुनुभएन । करोडौं नेपालीको भविष्य जोखिममा राखेर सचिवलाई मन्त्रालयमा राख्न अनुपयुक्त ठानेर नै सरुवा गरिएको होला ।’

सचिव ठाकुरले सिएमसीप्रति कठोर नीति लिन मन्त्रीलाई दवाव दिँदै आउनु भएको थिए । तर, मन्त्री मगरले सिएमसीलाई फर्काएर मात्र मेलम्चीको अन्यौल हटाउन सकिने अडान लिएपछि ठाकुरले मन्त्रीविरुद्ध लविङ गरेको मन्त्रालय स्रोतको दावी छ । सिएमसी फर्काउन सचिव तयार नभएपछि मन्त्री मगरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आयोजनाका विरुद्ध सचिवको लविङले आफूलाई काम गर्न अप्ठ्यारो भएको रिपोर्टिङ गर्नुभएको थियो ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली पनि सिएमसी नै फर्काएर मेलम्चीको कामलाई अघि बढाउने पक्षमा सकारात्मक देखिनुभएको छ । तर, मेलम्ची आयोजनाको सचिवको समेत जिम्मेवारी भएका सचिवको भूमिका नकारात्मक भएपछि मन्त्री मगरले बिकल्प खोज्नुभएको हो । सचिव ठाकुरले नियमित प्रक्रियाबाट सिएमसीलाई दिनुपर्ने भुक्तानीसमेत अड्काएर राखेको र ठेकेदार कम्पनिलाई भाग्ने परिस्थितिमा पुर्याएको मन्त्रालयको ठहर छ ।

मेलम्ची आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भइसकेको छ । ३ प्रतिशत बाँकी कामका लागि टेण्डर गर्दा आयोजनाको अरबौं लागत बढ्ने, समय अवधि पनि लम्बिने, स्थानीय ढुवानीकर्ता र कामदारहरुले अवरोध गर्ने हुन्छ । त्यो बिकल्प रोज्दा आयोजनाको निर्माण कार्य थप अन्यौलमा पर्ने भएपछि मन्त्री मगरले सिएमसीलाई नै फर्काउने प्रयास थाल्नुभएको थियो ।

तर, मन्त्री सचिवले सिएमसीसँगका हरेक बार्तामा एकपछि अर्को कठोर नीति लिन थालेपछि मन्त्री मगरले सरुवाको प्रस्ताव गर्नुभएको थियो । सचिव ठाकुरले सिएमसीलाई भगाएर आफूअनुकूलको ठेकेदार कम्पनि ल्याउन लविङ गरिरहेको स्रोतको दावी छ । ‘उहाँको नियत के थियो, थाहा भएन । तर, आयोजना छिटो सम्पन्न गर्नुपर्छ भन्नेमा उहाँ हुनुहुन्न, त्यसकारण यो निर्णय लिनुपरेको हो’ मन्त्रालय स्रोतले भन्यो ।

नयाँ सचिव आएपछि सिएमसी फर्कन सकारात्मक देखिएको स्रोतको भनाई छ । ‘नयाँ सचिवको टुंगो लागेको छैन, २/३ दिनमा टुंगो लाग्छ’ मन्त्रालय स्रोतले भन्यो, ‘सिएमसी नै फर्किने अवस्थामा नयाँ टेण्डर गर्नुपर्दैन, समय र लागत बढ्ने चुनौति पनि रहँदैन, हामी त्यसैको प्रयासमा छौं ।’जनताटाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah