काठमाडौं-आज फेरी कृष्ण वलि र रुपा मगर वलिको जोडीले मलाई रुवाए । तर यसपाली वास्तविक कृष्ण र रुपा हैन, नाटकका पात्र कृष्ण र रुपाले रुवाए । आदरणिय दर्शकबृन्दहरु नमस्कार..म शिशिर भण्डारी । राजधानीको दिल्ली बजारमा रहेको सर्वनाम थियटरमा मन्चन भैरहेको नाटक हेर्न कृष्ण र रुपासंगै हामी पुगेका थियौं । रुपाकृ शिर्षकको नाटकमा रुपा र कृष्णको पहिलो, भेट, प्रेम, बिवाह कृष्णको दुर्घटना र त्यसपछिको अवस्थाका पिडा र रुपाको साथलाई निकै सुन्दर ढंगले चित्रण गरिएको रहेछ ।

रेनुका कार्कीले निर्देशन गर्नुभएको नाटक हेर्दा सबै रोमान्चित भए । छेऊमा बसेका रुपा र कृष्ण पनि हसाउने दृश्यहरुमा हास्दै थिए । अनि बिगतका कुरा सम्झदै थिए । अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ फागुन १६ गतेसम्म फागुन १६ गतेसम्म अन्य दिन बेलुका ५ बजे र शनिबार दिउंसो १ बजे रुपाकृ नाटक मन्चन गरिनेछ । नाटकमा रुपा र कृष्णको बिहेको दृश्यलाई झनै कलात्मक तरिकाले देखाईएको छ ।

आफ्नो श्रीमतीको पढाई खर्च जुटाउन दांगमा बिद्युतिय कामको लागि गएका कृष्ण र रुपाको बिछोडको दृश्ले नाटक हेर्न आएका दर्शकहरु मात्रै हैन रुपा पनि भावुक भईन् । नाटकमा रुपाको भुमिकामा सोनिसा बजगाई र कृष्णको भुमिकामा सुदिप जंग कार्कीको अभिनय रहेको छ । यि दुई कलाकारको जीवन्त अभिनयले रुपाकृ नाटकमा प्राण भरेको छ ।

जब कृष्णले रुपालाई तिमी मलाई छोडेर जाऊं भन्छन् अनि त्यस्मा रुपाले अर्को भावानात्मक संवाद बोल्छिन्..नाटक हेर्ने कसैले आंशु रोक्न सक्दैन । कृष्ण र रुपाको वास्तविक कथा बुझेका मात्र हैन, उनीहरुलाई नचिन्नेहरुले पनि यो नाटकलाई महसुस गर्दै आंशु बगाउंछन् । मैले पनि मन थाम्न सकिन ।

एउटा दरिलो सन्देश दिदै नाटक सकियो, वास्तविक जीवनकी रुपाले धेरैपछि फेरी आंशु बगाईन् । रुपा बोल्नै सकिनन् । मन थाम्नै नसकेर रोईन् । रुपा रुंदा सबै रोए । कृष्णले पनि आफ्नो बिगत आंखै अगाडि हेर्दा त्यो कालो दिनलाई सम्झिए । अनि रुपाको चोखो मायालाई फेरी एकपटक सम्मान गरे दर्शकबृन्हरु…यदि तपाई राजभानीमै हुनुहुन्छ भने..यो नाटकलाई एकपटक सबैले हेरौं । नाटकको बारेमा जिज्ञासा छन् भने फोन नं ९८४१२२५७२६ र ९८४९४८८४७३ मा सम्पर्क गर्नुहोला । सांच्चै कुनै उत्कृष्ट चलचित्र भन्दा कम छैन नाटक रुपाकृ । भिडियो हेर्नुस

यो ताजा खबर बाट साभार गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah