काठमाडौं । तीन महिनामा एकीकरणका सबै प्रकृया पूरा गर्ने घोषणा गरेका थिए नेकपाका अध्यक्षद्धय केपी शेर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले । तर, नौ महिनासम्म पनि एकता प्रकृयाले पूर्णता पाएको छैन । बिहिबार बसेको नेकपाको सचिवालय र स्थायी समितिको संयुक्त वैठकले भने एकता प्रकृया अगाडि बढाउने लक्षण देखाएको छ ।

बिहिबार स्थायी समिति र समितिले गठन गरेको एकता कार्यदलको संयुक्त वैठक बसेको थियो । वैठकमा कार्यदलले थप एक साताको समय मागेको छ ।

एकता प्रकृया तलसम्म नपुग्दा पार्टीका भ्रातृ संगठन, जिल्ला कमिटि तथा त्यस तलका कमिटिहरु निष्क्रिय प्राय बनेका छन् । एकता प्रकृया टुंगोमा पुराउन अध्यक्षद्धय ओली र दाहालले गत सातादेखि निरन्तर वैठक थालेका हुन् । यसबीचमा दाहाल र ओलीले पटकपटक एकल छलफल गरेको बुझिन्छ ।

नेकपाका एक नेताका अनुसार एकता प्रकृया सम्वन्धमा अध्यक्ष ओलीले पूर्व एमाले समूहका माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई राखेर पनि बेग्लै छलफल गरेका छन् । उनले पूर्व एमालेका नेताहरुलाई राखेर गत मंगलबार छलफल गरेको बुझिन्छ ।

त्यसैगरी दाहालले पनि पूर्व माओवादी समूहका नेताहरुलाई राखेर छलफल गरेका थिए ।

बिहिबारको बैठकमा पार्टी एकता कार्यदलको म्याद थप्ने कि नथप्ने भन्ने विषयमा सहमति हुन नसकेको बताइएको छ । कार्यदलको म्याद नथप्ने हो भने मिल्न बाँकी रहेका विषयहरुलाई कसरी हल गर्ने भन्ने समस्या हुने कुरा एक पक्षले उठाएको छ ।

यसैबीच प्राप्त अर्को जानकारी अनुसार मन्त्रिमण्डल पुनर्गठनको विषयमा पनि पार्टी एकता प्रकृयासँगै छलफल सुरु भएको छ । संयुक्त वैठकमा छलफल नभए पनि मन्त्रिमण्डल पुनर्गठन सम्बन्धमा विभिन्न समूहले लविङ थालेको छ ।

तर, पार्टी एकता प्रकृया एकसराे टुंगोमा नपुगी मन्त्रिमण्डल पुनर्गठनको सम्भावना न्यून रहेको नेकपाका एक नेताले बताए । सनराइज खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah