दूलाल, चापागाँइ, बस्नेत

दमक/स्वबियू निर्वाचनलाई आफ्नो जनमत मापनको रुपमा हेरेका राजनीतिक दलहरुले सबै आफ्नो शक्ति प्रयोग गरिरहदा पूर्वका सबैभन्दा ठूलो सामुदायिक क्याम्पस दमक बहुमुखि क्याम्पसमा अध्यक्षमा कस्ले बाजी मार्ला भनेर चर्चा शुरु भएको छ । यसलाइ दमकका राजनीतिक दलहरुले समेत महत्वका रुपमा हेरेकाछन् । स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेकाले यो मिनि निर्वाचनको रुपमा ब्याख्या हुनेछ ।
क्याम्पसमा ३ जनाले अध्यक्षको उम्मेदवारी दिएकाछन् । अनेरास्वबियूबाट सन्तोष दूलाल, नेपाल बिद्यार्थी संघबाट बिनोद चापागाइ र माओबादी केन्द्रबाट रबी बस्नेत (कुलबहादुर) अध्यक्षका दाबेदार हुन । तीनवटै अध्यक्षका उम्मेदवारहरु अहिले प्यानल बनाएर मत माग्नमा ब्यस्त बनेकाछन् । सामाजिक सञ्चालनको समेत उनिहरुले भरपुर उपयोग गरिरहेको पाईएको छ ।
सन्तोष दूलाल
सबैभन्दा पहिला अनेरास्वबियूले अध्यक्षमा सन्तोष दूलालको नाम चर्चामा ल्यायो र उनि नै सर्वसम्मत अध्यक्षको उम्मेदवार बने । उनि यहि क्याम्पसमा स्नातक सकेर स्नाकोत्तर पढ्दै आएकाछन् । सर्वसम्मत र निर्बिबाद रुपमा उनको नाम आएकाले आफ्नो संगठनमा उनलाई खास समस्या रहेको छैन । उनि बिद्यार्थीमाझ कम बोल्ने भएपनि लोकप्रीय र बौद्धिक मान्छिन् । कतिपयले भने उनलाई सहजै घुलमिल हुन नसक्ने भने उनी बिद्यार्थीको समस्यामा सधै अगाडि देखिने र पार्टी पद्धती समेत बुझेकाले दूलाल यस स्वबियूमा अध्यक्षको प्रमुख दाबेदार रहेको अनेरास्वबियूको दाबी छ ।
बिनोद चापागाइ
नेपाल बिद्यार्थी संघबाट अध्यक्षमा प्रतिस्पर्धा गर्दै गरेका चापागाइ दमक बहुमुखि क्याम्पसका नियमित बिद्यार्थी भएको र बिद्यार्थीमाझ लोकप्रीय रहेको बताइन्छ , क्याम्पसमा नेबि संघभित्र आन्तरिक बिबाद र किचलो रहेपनि स्वबियूमा उम्मेदवारी दिनेक्रममा सबै बिबाद मिलाइएकाले चापागाइ दर्बिलो उम्मेदवार रहेको नेबि संघको भनाइ रहेको छ । न्यौपाने बिद्यार्थीबीच र संगठनमा पनि काम गर्ने क्षमताको युवाको रुपमा हेरिएकाले स्वबियूमा त्यसको प्रभाव पर्ने बताइन्छ । उनलाइ साँसद महेन्द्रकुमारी सूब्बा लगायतका काँग्रेसका नेताहरुको दर्बिलो साथ रहेको छ ।
रबी बस्नेत
अखिल क्रान्तिकारीले झापाका अन्य क्याम्पसभन्दा दमक क्याम्पसलाई आफ्नो सबैभन्दा राम्रो पक भएको क्याम्पसको रुपमा हेरेको छ । नेबि संघको बिबादभित्र खेलेर जसरी पनि जित्ने सोच रहेपनि उक्त बिबाद मिलेपछि क्रान्तिकारीलाई केहि धक्का लागेपनि अहिले बस्नेतको समुह सबै शक्ति प्रयोग गरेर यसमा होमिएको छ । संगठनका जिल्ला अध्यक्ष समेत बनिसकेका बस्नेत लोकप्रीय र परेको खण्डमा बिद्यार्थीहरुको अगाडि सधै देखा पर्ने ब्याक्तिको रुपमा चित्रितछन् । उनको नाम क्याम्पसमा मात्र नभएर बाहिर पनि चर्चामा नै रहिरहेको नाम हो ।
समग्रमा तीनजना उम्मेदवार नै लोकप्रीय र क्याम्पसमा देखिएको तथा सुनिएको नाम भएकाले कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्रिपक्षिय भिडन्त हुने देखिन्छ । प्यानल नै कसैले नल्याएने र मिश्रित परिणाम आउने बिद्यार्थीहरु बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah