काठमाडौं — नेताहरूले चुनाव जितेपछि जीवनशैली नै परिवर्तन गरेका अनेकौं घटनाहरू सार्वजनिक भइरहेका हुन्छन् । नेपालमा पनि चप्पल पड्काउने नेताहरूले मन्त्री भएपछि विलासी महल ठड्याएको खबर आइरहेको हुन्छ ।

अनि उनीहरूको सवारी चल्दा बाटो रोकेर सर्वसाधारणलाई कष्ट पनि सहनु परिरहेको हुन्छ ।

तर भारतको पुडुचेरी राज्यका कृषि मन्त्री कमलाकनन सामान्य कृषक झैं खेतमा काम गरिरहेका भेटिन्छन् । उनले खेतमा परिश्रम गरेको तस्वीर राज्यकी उपराज्यपाल किरण बेदीले सामाजिक सञ्जालमा शेयर गरेपछि त्यो भाइरल बन्यो ।

बेदीले कमलाकननको तस्वीर शेयर गर्दै लेखे, ‘अन्दाज गर्नुस् त, यी को हुन् ? यी पुडुचेरीका कृषिमन्त्री कमलाकनन हुन् । उनी एक सच्चा किसान हुन् ।’

तस्वीरमा कमलाकनन पानी र हिलो भएको धानखेतमा कोदालो चलाइरहेका देखिन्छन् । उनको शरीरमा एक लुंगी बाहेक केही पनि छैन ।

शरीरमा पसिना छ किनकि उनले खेतमा साँच्चै काम गरेका हुन् जबकि केही नेता तथा मन्त्री मिडियालाई देखाउनका लागि खेतमा काम गरेको नाटक गर्छन् ।

आर कमलाकनन कांग्रेस पार्टीका नेता हुन् र थिरुनल्लार विधानसभा क्षेत्रबाट विधायक हुन् । उनले कृषि मन्त्रालय बाहेक बिजुली, शिक्षा, सैीनक कल्याण र सामुदायिक विकास मन्त्रालय पनि सम्हाल्छन् ।

अघिल्लो आइतवार उनी आफ्नो विधानसभा क्षेत्र पुगेका थिए । जनतासँग भेटघाटपछि उनी आफ्नो खेत पुगे र दुई घन्टा काम गरे ।

कमलाकनन राजनीतिमा सक्रिय भए पनि खेती गर्न चाहन्छन् । त्यसैले उनी खेतमा समय दिन्छन् । मन्त्री बनेपछि उनको व्यस्तता बढेको छ र त्यसले गर्दा उनले खेतीमा धेरै समय दिन पाउँदैनन् ।

द हिन्दूमा छापिएको रिपोर्टमा कमलाकननले भने, ‘म आफ्नो खेतमा धानखेतीबाट सन्तुष्ट थिइनँ । त्यसैले बाध्य भएर मैले मन्त्रालयको कामबाट छुट्टी लिएर म त्यहाँ गएको हुँ ।’

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah