झापा । झापामा छुट्टछुट्टै दुर्घटनामा परी ६ जना घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ । तीन वटा दुर्घटना मोटरसाइकल एकआपसमा ठोकिएर भएको प्रहरीले जनाएको छ ।
झापा गाउँपालिका ३ सिमबाडी स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको मे २ प ७७०९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको मे २ प ४६८१ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी सोही ठाउँका ४४ बर्षीय जगन्नाथ गणेश घाईते भएका छन् । उनको बिर्तासिटी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ, भने मोटसाइकल चालक झापा गापा ३ बस्ने ३५ बर्षीय गुल महमद शेखलाई प्रहरीले नियन्त्रण लिएको छ ।

त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल गाउँपालिका ५ पाडाजुङगी चोकमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ६ प ७९१५ नम्बरको मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको स १० प ७८४ नम्बरको ठक्कर दिएको थियो । दुर्घटना परी को ६ प ७९१५ नम्बरको मोसा चालक कमल ५ बस्ने २६ बर्षीय रोहित चौधरी घाईते भएका छन् । उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । स १० प ७८४ नम्बरको मोसाको पछाडी सवार सुनसरी बराहक्षेत्र नपा १ बस्ने २३ बर्षीय महेन्द्र दाहालको लाईफ लाईन दमक अस्पतालमा उपचार भईरहेको छ । दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बुद्धशान्ती गापा जोरकलस स्थित मेची राजमार्ग सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको मे ६ प ७२९६ नम्बरको मोटरसाइकल र सोही दिशाबाट आईरहेको मे १० प ६६९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परी मे ६प ७२९६ को मोसा चालक भारत ईस्लामपुर बस्ने २१ बर्षीय बिमल सिंह घाईते भएका छन् । उनको स्वास्थ्य चौकी बुद्धबारेमा उपचार भईरहेको छ । मे १० प ६६९ नम्बरको मोसा चालक अर्जुनधारा ९ बस्ने २३ बर्षीय आयुष अधिकारीको स्थानिय मेडिकलमा उपचार भईरहेको र पछाडी सवार ईलाम रङ गापा ४ हडिया बस्ने २३ बर्षीय मौसम मुख्याको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ, भने दुवै मोसा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah