मंगलबार झिसमिसे उज्यालो नहुँदै भारतीय वायू सेनाका जहाजले पाकिस्तानी भूमिमा बम खसाले। सन् १९७१ को युद्धपछि पहिलो पटक भारतीय सैनिक जहाज पाकिस्तानी आकाशमा उडे। मिराज २००० जहाजले एक हजार किलोग्रामका बम पनि खसाले। तर भारतीय वायु सेना निशानामा भने चुकेको देखिन्छ।

भारतीय पक्षले बमवारीबाट आतंकवादी समूह जैस-ए-मोहम्मदको तालिम अखडा ध्वस्त भएको र उसका कमाण्डरसहित कैयौं लडाकु मारिएको दाबी गरेको छ। भारतीय मिडियाले यसलाई मोदी सरकारको ठूलो सफलताका रूपमा प्रचार गरिरहेका छन्।

पाकिस्तानको खाइबर पाख्तुन्ख्वा प्रान्तको बालाकोटमा भारतीय सैनिक जहाजले खसालेको बम जंगलमा खसेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

घटनास्थलमा पुगेर स्थानीयसँग कुराकानी गर्दा बमवारीबाट एक जना घाइते भएको खुलेको रोयटर्सले जनाएको छ।

बेलायती प्रसारण संस्था बिबिसीले पनि प्रत्यक्षदर्शीले बम जंगलमा खसेको र एक जना घाइते भएको बताएको जनाएको छ।

भारतीय पक्षको दाबीजस्तै भारत-पाकिस्तान ‘लाइन अफ कन्ट्रोल’बाट ४० किलोमिटर भित्र पर्ने बालाकोटमा जैस-ए-मोहम्मदको तालिम केन्द्र छ।

जसलाई उनीहरूले धेरै वर्ष पहिले मदरसा बनाएका थिए। जंगलको बीचमा पहाडको टुप्पोमा रहेको उक्त मदरसामा स्थानीयलाई जान प्रतिबन्ध छ।

भारतीय निशाना जैस-ए-मोहम्मदको त्यही मदरसा हुन सक्छ तर सैनिक जहाजले हानेको बम उक्त मदरसादेखि १ किलोमिटर टाढा खसेको स्थानीयले बताएका छन्।

पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले ट्वीटरमा सार्वजनिक गरेको तस्बिरमा पनि बम जंगलको बीचमा पड्केको देखिन्छ। जहाँ न कुनै भौतिक संरचनाको भग्नावशेष छ न कुनै लास।

पाकिस्तानी सैनिक प्रवक्ता गफुरले भनेका छन्-भारतीयहरूको दाबी ३ सय ५० आतंककारी मारिए भन्ने छ। मारिएका मान्छेको लास होला, रगत होला। पहिलाको गुगल फोटो हेरे पनि हुन्छ, बम पडकेको ठाउँमा कुनै संरचना नै थिएन। म भारतीय मिडियालाई नै घटनास्थलमा गएर चेकजाँच गर्न आग्रह गर्छु।

यो बमवारीमा क्षति के कति भयो भन्ने पक्ष एकातिर छ भने विवादीत कस्मिरभन्दा पर पाकिस्तान आकाशमा भारतले सैनिक जहाज उडाएको अर्को पक्ष छ। जसलाई पाकिस्तानले आतंकवादविरूद्ध होइन आफूविरूद्धको आक्रमणका रूपमा बुझेको छ र उचित समयमा ‘आश्चार्यजनक’ तरिकाले जवाफ फर्काउने बताएको छ।

भारतले भने यो कारबाही पाकिस्तानी सैनिक र नागरिकविरूद्ध लक्षित नभएकाले अब परिस्थितिलाई थप तनावतर्फ नलैजाने बताएको छ।

रूस, भारत र चीनको (रिक) को १६ औं विदेश मन्त्रीस्तरीय बैठकका भाग लिन चीनको वुझेन पुगेकी भारतीय विदेश मन्त्री सुष्मा स्वराजले भनेकी छन्-

यो सैन्य कारबाही थिएन र सैन्य अखडालाई निशाना पनि बनाइएको थिएन। यसको उद्देश्य भारतमा फेरि आक्रमण गर्ने योजना बनाएको जैस-ए-मोहम्मदका संरचना ध्वस्त गर्नु थियो। भारत यो तनावको अवस्थालाई थप बढाउन चाहन्न। जिम्मेवारपूर्ण र संयमताका साथ कामहरू जारी रहनेछन्।

जैस-ए- मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंककारी घोषणा गर्न भारतले संयुक्त राष्ट्र संघमा गरेको अपिललाई सधैं रोक्दै आएको चीनले यसपालि भने भारत-पाक मामला तटस्थ विचार व्यक्त गरेको छ।

सधैं पाकिस्तानको पक्षमा उभिने वा उनीहरूको तनावबारे बोल्दै नबोल्ने चीनले भारतको बमवारीपछि गर्दै दुबै देशलाई संयम रहन आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लु काङले मंगलबार भनेकी छन्- हामीलाई आशा छ, भारत र पाकिस्तानले संयमताका साथ काम गर्नेछन्। यो क्षेत्रको परिस्थितिलाई स्थिर बनाउन र दुई पक्षीय सम्बन्ध सुधार्न पहल गर्नेछन्।

उनले भारतीय सैनिक जहाज पाकिस्तानी आकाशमा पसेको कुरालाई भन्दा बढी आतंकवादविरूद्धको लडाइँमा भारतले बाँकी विश्वको साथ लिनु पर्नेमा जोड दिइन्।

‘भारतको दाबीअनुसार यो आतंकवादविरूद्धको कदम हो भने त्यो विश्वव्यापी लडाइँ हो। यसका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्य चाहिन्छ। भारतले पनि अन्तर्राष्ट्रिय स्तरमा आफूअनुकूल परिस्थिति बनाउन पर्छ,’ लुले भनिन्।

अमेरिकाले पनि दुबै देशलाई संयमता अपनाउन र तनाव थप नबढाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah