काठमाण्डु, १५ फागुन – भारत–पाकिस्तानबीचको तनाव जारी रहेका बेला भारतीय वायुसेनाले पाकिस्तानभित्र पसेर हवाई हमला गरेपछि दुई देशबीचको सीमामा तनाव बढेको छ ।

पछिल्लो समय ‘लाइन अफ कन्ट्रोल’मा सीजफायरको व्यापक उल्लंघन भइरहेको छ । दुवै पक्षबाट गोलीबारी भइरहेको समाचारहरु बाहिर आइरहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैबीच, पाकिस्तानी लडाकु विमानले भारतीय वायुसीमाको उल्लंघन गरेको भारतीय मिडियाहरुले दाबी गरेका छन् ।

भारतीय मिडिया आज तकका अनुसार २ वटा पाकिस्तानी लडाकु विमान भारतीय सीमाभित्र पसेकाले जम्मू–कश्मीरका विमानस्थल बन्द गरिएको छ । काठमान्डू टुडे बाट साभार