फागुन १५ काठमाण्डाैं । एक दशक सांगीतिक क्षेत्रमा याेगदान दिइ सकेका परदेसी निर्देशक,गीतकार,मोडल कलाकार केशब कटुवालकाे निर्देशनमा आधुनिक गीत “अन्तै माया ” को म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा सरगम लिम्बुको शब्द,संगीत तथा स्वर रहेको छ ।

मोरंगको पथरीमा जन्मेर आफ्नो बाल्यकाल सुधुरपश्चिमको धनगडी र पुर्बांचलको शंखुवासभामा बेथित गरेका कटुवाल लामो समयदेखि बिदेशमा नै रहेर नेपाली गीतसंगीत लाइ माया गर्दै सांगीतिक याेगदान दिदै आएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुबईका विभिन्न रमणीय ठाउँमा छायांकन गरिएकाे “अन्तै माया” बोलको गीतकाे भिडियाेमा दुबईमा नै कर्म गर्दै कलाकारिता लाइ अगाडी बढाउदै आएका अति नै राम्रा अभिनय क्षमता भएका कलाकारहरु रतन चिराल र संजिता मगरले अभिनय गरेका छन भने कमल निर्जनको छायांकन मिराज अर्यालकाे सम्पादनमा केशब कटुवालकाे निर्देशनमा भिडीयो निर्माण भएकाे हाे ।

भिडीयो राम्रो बनेको र सम्पूर्ण दर्शक श्रोताले मन पराउनेमा ढुक्क भएको निर्देशक कटुवाल बताउछन ।भिडियो द एबी प्रेजेन्टको युटुब च्यानल बाट बजारमा आएको छ । हेर्नुहाेस बाँकि भिडियाेमा :