काठमाडौं: ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना संस्कृति पर्यटन तथा नगारिक उड्यन मन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको निधनमा बिहीबार राष्ट्रिय शोक घोषणा गरिएको छ।

बुधबार साझ बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय शोक घोषणा गरेको थियो राष्ट्रिय शोकमा सरकारले बिहीबारलाई सार्वजनिक विदा दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेलिकोप्टर दुर्घटनाका बारेमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिएको छ। पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा चार सदस्य समिति गठन गरेको हो।

छानबिन समितिका सदस्यमा सेनाका सहायकरथी दीपक बास्तोला, पूर्वमहासेनानी क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहचिव बुद्धिसागर लामिछाने रहेका छन्।