भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो । जीपको ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको उपचारको क्रममा बुधवार राति सोही अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। यता ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको छ।