कलाकार जितु नेपाल मुन्द्रेले सिन्धुपाल्चोक घर भएका एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेका छन्। नेपालमा घरजग्गा केही नभएको २२ वर्षिय आशिष धमलालाई जितु नेपालले व्यक्तिगत २५ हजार रुपयौँ सहयोग गरेका छन्। जितु नेपालको औपचारिक युट्युव च्यानल जितु कमेडीमार्फत सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिएका छन्। जितुको सामाजिक कार्यमा साथ दिदै निर्देशक तथा अभिनेत्री दीपा श्री निरौलाको तर्फबाट नगद १० हजार रुपैँया तथा गायक ताराप्रकाश लिम्बुको तर्फबाट ५ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन्।

शुक्रबार जितुले नेपाल र दीपाश्री निरौलाले उक्त रकम प्रदान गरेको हो। युवा अवस्थामा दुवै मृगौला फेल भएको कारण बचाउनको लागि धमलाले सहयोगको याचना गरेका थिए। उनको अवस्था देखेर आफूहरुले सानो रकम सहयोग गरेको कलाकार जितु नेपालले बताए। आशिषका बुवा हाल वैदेशिक रोजगारिको शिलशिलमा दुवाईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस अघि जितु नेपाल सहित छक्का पञ्जा टिमले एक मृगौला पिडित जय बहादुरलाई ७५ हजार सहयोग रकम प्रदान गरेका थिए।

https://youtu.be/bJHdi8Lkj3o