भद्रपुर । झापामा छुट्टाछुट्टै दुर्घटनामा एक किशोरसहित दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माटोको ढिस्कोमा पुरिएर एक किशोरको मृत्यु भएको छ, भने ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। बाह्दशी गाँउपालिका ५ बस्ने गोकुल श्रेष्ठको १५ वर्षीय छोरा मनिष श्रेष्ठको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार घर नजिकै एक किलोमिटरको दूरीमा जेसिभीले बाटो खन्दा भएको खाल्डोमा परी उनको मृत्यु भएको हो। मकै बारीमा मकै गोड्दै खेल्ने क्रममा मनिष खाल्डोमा परेका थिए। खाल्डोमा परेपछि माटोको ढिस्को उनीमाथि खसेको थियो। ढिस्कोले पुरिएर गम्भीर घाइते भएका मनिषलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड लगिएको र उनको उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

त्यसैगरी, आफैँले चलाएको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा बिर्तामोड ७ खालबारीस्थित मुन्सी टोल निवासी ३२ वर्षीय अर्जुन मुर्मुको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार बिर्तामोड ७ मिलडाँडास्थित पूर्व(पश्चिम भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे। १ त। ३६८४ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भई सडक छेऊको कल्भर्टमा गएर ठोकिएको थियो। दुर्घटनामा परी ट्याक्टर चालक मुर्मु गम्भीर घाइते भएको र उनलाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah