जनकपुर, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वाइडबडी काण्डबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने बताएका छन् ।

आज विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘त्यसवेला के के भयो थाहा छैन, मलाई थाहा नै नभएको बारे के भनौँ ?’ देउवाले अहिले आफूलाई समेत बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताए ।