दमक/प्रहरी निरिक्षकबाट केहि दिन अघि डिएसपीमा बढुवा भएकाहरुलाइ दज्र्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह प्रदान गरेकाहुन् ।

झापाको दमकमा इलाका प्रहरी कार्यालय दमकमा एक कार्यकाल प्रुमख भएर बसेका हरी खतिवडा पनि यसमा बढुवा भएका थिए । उनको नाम बढुवा सूचिमा एकनम्बरमा प्रकाशित भएको थियो ।

यसैबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय (सचिवस्तर) को २०७५ फागुन १९ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह सुशोभन गर्नुभयो ।
कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा पदोन्नति भएका ६४ जना प्रहरी नायव उपरीक्षकहरुमध्ये ६० जना रहनुभएको छ । पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ भने १ जना व्यक्तिगत विदामा नेपाल बाहिर रहनुभएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतहरुलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अव खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै वढी उर्जा थपेर निर्भिकताकासाथ काम गर्न निर्देशन दिनुभयो । विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उत्कृष्ट काम गर्ने, सक्षम, सवल, इमान्दार, कर्तव्यनिष्ठ कर्मचारीको छिट्टै वृत्तिविकास गरौं भन्ने संगठनको सदैव चाहना रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, “संगठनको यस्तो चाहना पुरा गर्न प्रहरी कर्मचारीहरुले आफ्नो कामले नै आफूलाई अब्बल सावित गर्नुस् ।” कामप्रतिको निष्ठा, लगाव र मूल्याङकन नै वृत्तिविकासको आधार हुने र यसले आत्मसम्मान, सामाजिक प्रतिष्ठा र अपनत्व बढ्नेतर्फ सबैले सोच्नुपर्ने उहाँले बताउनुभयो ।


समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक रुपमा कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरुले आर्थिक वा अन्य कुनै पनि रुपमा गलत काम गरेमा क्षम्य नहुने भएकोले सकारात्मक सोचले अत्यन्त सचेत र सजग भई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । व्यक्तित्व विकास, असल सोंच, शालीनता, असल व्यवहारका साथ काम गरी संगठनलाई विश्वास दिलाउन उहाँले आग्रह गर्नुभयो ।


कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्यलाई पुरा गर्न अझै निर्भिक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ आफूहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah