दमक/लाइफ-लाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठान दमक स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादनमा मेची अञ्चलमा नै अग्रणी शैक्षिक संस्थाको रुपमा स्थापित बन्दै गएको छ । उत्कृष्ठ नतिजा र यहा अध्ययनरत विद्यार्थीहरुले उत्कृष्ठ अंक ल्याउने गरेको प्रतिष्ठानको दाबी रहेको छ ।

२०६५ सालमा स्थापना भएको यस प्रतिष्ठानले नर्सिङ्ग शंकाय, सामान्य चिकित्सा, मेडिकल हेल्थ ल्याव र रेडियोग्राफीका जनशक्ति उत्पादन गर्दै आएको प्रतिष्ठानकी प्रीन्सिपल बीना सुब्बाले बताएकीछन् ।

यो बर्ष स्टाफ नर्सतर्फ ८ जना, सामान्य चिकित्सा अर्थात एचए तर्फ २२ जना र रेडियोग्राफी तर्फ २८ जनाले उच्च श्रेणी ल्याएको बताईएको छ । यहाँ अध्ययनरत बिद्यार्थीहरुमध्ये २ सय ४० जना उच्च शिक्षाका लागि गएकाछन् ।

२०७५ सालको तेस्रो बर्षको परिक्षामा एचए तर्फ मनिसा आड्डदम्बेले ९४ दशमलब २२ प्रतिशत ल्याएको र यो अंक सम्भवत नेपाल टप भएको आफुहरुको दाबी रहेको लाइफलाइन अस्पतालका प्रशासनक सिम्रिक गिरीले बताए ।

प्रतिष्ठानले अहिलेसम्म नर्सिङ्गमा २ सय ९३, एचएमा २ सय ४६, ल्यावमा २ सय ३ र रेडियोग्राफीमा १ सय २७ जना दक्ष जनशक्ति उत्पादन गरेको अस्पतालका अध्यक्ष डा.तीलकचन्द्र शाहले बताए ।

 

प्रतिष्ठानमा अध्ययनतर बिद्यार्थीहरुका लागि प्रयोगात्मक कक्षा लिन आफ्नै सुविधा सम्पन्न अस्पताल रहेको जनाउदै यहाँ अध्ययनरत विद्यार्थीहरुले जहि पनि अवसर पाउने गरेको अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्तिनाथ भट्टराइले बताए ।

यस क्षेत्रमा मेडिकल कलेज स्थापना गर्नेसम्मको आफुहरुको उदेश्य रहेको जनाउदै यसमा सबैको सहयोग र साथ आवश्यक रहेको पनि भट्टराइले बताए । प्रतिष्ठान स्थपना गर्ने क्रममा आफुहरुले मेडिकल कलेज बनाउने सोच राखेको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah