तरहरा । जनबादी गित ‘ओपेरा’मा देख्दा जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड र वर्तमान सरकारकी कृषि राज्यमन्त्री रामकुमारी चौधरीको आँखामा आसु थामिएन । युद्धको झझल्को दिने गरी देखाएको ओपेराले धेरैलाई भाबुक मात्र बनाएर कार्यक्रम त्यहाको दृष्य देख्नेहरुलाई धुरुधुरु रुवायो ।
प्रचण्डले त्यो दृष्य देखि रहदा आफ्नो मन मुस्किलले थामे, तर कार्यक्रम स्टेजमा बस्ने अधिकांसको आँखा रसाएको थियो । खचाखच स्टेजमा भएका पूर्व माओवादीहरुको आखाभरी आसु भयो ।
कार्यक्रम स्थल एकै छिन भावहिल भयो ।
जनयुद्ध सम्झदै उनीहरु अधिकांस माओवादीका नेताहरु चुपचाप भए । प्रचण्डले भाषणमा भने म जिन्दगीभर सहिद परिवारको पक्षमा हुने छु ।

माओवादी जनयुद्धका बेला सहिद भएका परिवार पढाउने भन्दै २०६६ सालमा स्थापना भएको सहिदका छोराछोरीलाई विशेष सुविधामा पढाउन आवासीय सुविधासहित खोलिएका यी उच्च माविका भित्री हालत भने साह्रै मार्मिक छन । अभिभावक नभएकाहरु विद्यार्थीहरु अहिले यही हुर्कदै छन । सहिदस्मृति आवासीय उच्चमाविका ४ सय ४७ विद्यार्थीमध्ये ३ सय ३५ जना आवासीय छन ।
अधिकांश माओवादीसम्बद्ध पीडितका छोराछोरी हुन् ।
सहिदस्मृति विद्यालयको सञ्चालक समितिमा माओवादी नेताहरूको बाहुल्य छ। इटहरीको सहिदस्मृति विद्यालय व्यवस्थापन समिति अध्यक्षमा माओवादी केन्द्रका केदार गुरागाई छन्। उनी सँगै माओवादी केन्द्रमा लामो समय देखि लागेकाहरु स्कुलको समितिमा बस्दै आएका छन । सहिद स्मृति विद्यालयले शिक्षा ऐन पालना नगरेको बारे सम्बन्धित निकायले अनुगमन गरेको छैन ।Source-http://sancharpati.com/news/4417



