काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा जाने कर्मचारीलाई अतिरिक्त सुविधाको व्यवस्था गर्ने घोषणा गेका छन्।

प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीहरुलाई थप सुविधा हुने व्यवस्थासहितको संघीय निजामती सेवा ऐन संघीय संसदमा पेस गरिएको पनि उनले स्पष्ट पारे। अहिले स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीहरुलाई बढुवा भएर संघीय सरकार मातहत ल्याउने बाटो खुला रहेको उनको भनाइ थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहीबार ललितपुरमा नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुका लागि आयोजित आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समापन गर्दै मन्त्री पण्डितले कुनै पनि तहका कर्मचारीहरुको वृत्तिविकास नरोकिने दोहोर्‍याए।

उनले अहिले समायोजनमार्फत स्थानीय तहमा गएका निजामती कर्मचारीहरुलाई संघीय सरकार मातहत नै फर्काउने प्रतिबद्धता पनि व्यक्त गरे।

मन्त्री पण्डितले जनताको पीडालाई सम्बोधन हुने गरी सेवा प्रवाहको कामलाई अघि बढाउन पनि नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुलाई आग्रह गरे।

झापाली शर्मा उत्कृष्ठ प्रशिक्षार्थी

यसैबीच नवनियुक्त राजपत्रांकित तृतीय श्रेणीका अधिकृतहरुमध्ये तालिममा झापाका बिजय शर्मा उत्कृष्ठ प्रशिक्षार्थी बनेकाछन् । उनलाइ मन्त्री पंण्डितले गोल्डमेडल प्रदान गरेका थिए । गौरीगन्जका स्थानीय बासिन्दा शर्मा झापाको अर्जुनधारा नगरपालिकामा शाखा अधिकृतको रुपमा आँउदैछन् । २ सय ९९ अधिकृतहरुमा उनि उत्कृष्ठ बनेकाहुन् ।  शर्माले झापामा केहिबर्ष पत्रकारिता पनि गरेका थिए ।

उत्कृष्ठ प्रशिक्षार्थी शर्मा