काठमाडौं । कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको शब्द स्वरमा नयाँ गीत रेकर्डिङ भएको छ । छक्का पञ्जा ३ को ‘पहिलो नम्बरमा ‘ गाउने गायिका बिन्दु परियार र शिशिर भण्डारीको संयुक्त स्वरमा रेकर्डिङ भएको गीतमा टिकटक बाट भाईरल जुम्ल्याहा दिदिबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् भने अर्का जुम्ल्याहा दिदिबहिनी दीपा दमन्तालाई पनि भिडियोमा देख्न सकिनेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज मात्र छायांकन सम्पन्न भएको शिशिर भण्डारीको नयाँ गीतको म्युजिक भिडियो चैत १ गते दिउँसो २ बजे नयाँ नयाँ न्युज नेपाल युट्युव च्यानल बाट जन्मदिनको अवसर पारेर सार्वजनिक गर्ने बताएका छन् । केही बर्ष अगाडि यात्राको आफुले लेखेको गीतलाई रेकर्ड मार्फत भिडियोमा ल्याउन लागेको बताउँछन् शिशिर भण्डारी ।

https://youtu.be/zHyIgtbyzQ8