काठमाडौं - नेपाल पर्वतारोहण संघ ‘एनएमए’का पूर्वअध्यक्ष पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका लागि १५ र १६ फागुन जीवनमै सबैभन्दा बढी तनावले भरिएका दिनका रुपमा रहे । एसियन ट्रेकिङका सञ्चालक उनको इ मेलमा दुई दिनमा २६ वटा श्रद्धाञ्जलीकासहित ७ सय ५१ वटा इमेल आएछन् । एकै पटक धरै इमेल आउँदा उनको इमेल नै ह्याङ भयो ।

ठमेल छाया सेन्टर सामुन्ने छ, उनको कार्यालय । स्टाफ ती दुई दिन फोन उठाउन भ्याइ नभ्याई थिए । सबैलाई स्पष्टिकरण दिँदा दिँदा स्टाफहरु हैरान भए । उनके मोबाइलका घन्टी पनि निरन्तर बजिरह्यो । सीधै उनको मोबाइलमा कल गर्नेहरुले सानो स्वरमा सोध्ये, ‘आर यू आङछिरिङ, आर यू ओके ?’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

१५ फागुनमा ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, यती एयरका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पासहित सात जनाको ज्यान गएको थियो । त्यस घटनालगत्तै अनलाइन न्युज पोर्टल र सामाजिक सञ्जाल श्रद्धाञ्जली भरिए । यो समाचार नयाँ पत्रिकामा दिवाकर पन्तले लेखेका छन् ।