१७ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुबेका कारण उनले नियुक्ति गरेका सल्लाहकारदेखि स्वकीय सचिवसम्म भूमिकाविहीन भएका छन् । प्रधानमन्त्री दाहालले छोरा साकार दाहाल(प्रकाश), बुहारी विना मगर, छोरी रेणु दाहाल र भाइ नारायण दाहालको कुरामात्र सुन्ने गरेकाले पनि अरु जागिर खाने भूमिकामा सीमित छन् । प्रकाश दाहाल स्वकीय सचिव हुन् भने नारायण दाहाल प्रशासनिक सल्लाहकार हुन् । प्रधानमन्त्रीका हरेक कार्यक्रममा छोरा प्रकाशकै चुरीफुरी हुने गरेको छ । सरकारका नियुक्ति, सरुवा बढुवा र ठेक्कापट्टामा पनि छोराबुहारी, छोरी र भाइ दाहालले डिल गर्दैआएका छन् । प्रधानमन्त्री दाहालले नियुक्ति गरेका कुनै पनि सल्लाहकार वा प्रमुख स्वकीय सचिवको कुनै काम नै नहुने गरेकाले धेरै त आउनै छाडेको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ । राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेव र माओवादी नेता बर्षमान पुनसँग कहिलेकाहीँ सल्लाह लिने बाहेक अरुको कुरा प्रधानमन्त्री दाहालले सुन्दै नसुन्ने र भेटसमेत नदिने गरेको गुनासो छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहालले वास्ता नगरेपछि धेरैलाई प्रकाश दाहालको सल्लाहकार हुुनुपर्ने बिडम्बना छ । सुशासन ऐनविपरीत जम्बो सचिवालय बनाएका प्रधानमन्त्री दाहालले हरेक बिषयका विज्ञ राखेका छन् । प्रधानमन्त्री कार्यालयमा कुनै हैसियत र भूमिका नै नभएकाले प्रेस सल्लाहकार गोविन्द आचार्य लामो समयदेखि कार्यालय जानै छाडेका छन् । उनी प्रेस चौतारी र प्रेस सेन्टरको गठजोडमा पत्रकार महासंघको केन्द्रीय अध्यक्षको उम्मेदवार हुनका लागि महासंघका जिल्ला अधिवेशनमा ब्यस्त हुन थालेका छन् । प्रधानमन्त्री दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा, स्वकीय सचिव रमेश मल्ल, जनसम्पर्क सल्लाहकार रामदीप आचार्य समेत भूमिकाविहीन जस्तै छन् । स्रँेतका अनुसार प्रधानमन्त्री दाहालले भाइ र छोराबाहेक अरु वास्ता नै गर्दैनन् । पछिल्लो समयमा महरासहितका सचिवालयका धेरै जना बालुवाटारमा देखिन छाडेका छन् । बालुवाटारमा प्रकाश र बिनाको गतिविधिका कारण उनीहरु सबै हैरान भएको स्रोत बताउँछ । उनीहरुकै कारण सचिवालयमै विवाद बढ्दै गएको छ भने प्रचण्डप्रति नेताहरु आक्रोशित हुँदै गएका छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि प्रधानमन्त्री निवासमा बालुवाटारमा प्रकाश र बिनाको गतिविधिले पार्टीकै नेताहरुसमेत लज्जित भएका छन् । प्रकाशका दम्पत्तिको व्यवहारले प्रधानमन्त्रीको सचिवालयकै कर्मचारीहरु आजित भएका हुन् । प्रचण्डलाई अरुको च्यानलबाट भेट्न निकै गाह्रो हुने गरेको छ । कर्मचारी तथा प्रहरीको सरुवा, विभिन्न ठेक्कापट्टामा प्रकाशको विशेष चासो हुने गरेको छ । सेटिङ मिलाएर भेट्न खोज्ने व्यक्तिहरुले प्रकाश र बिनामार्फत् सजिलै प्रचण्डलाई भेट्न पाउने गरेका छन् भने पार्टीका नेता कार्यकर्ताले प्रचण्डलाई भेट्न पाउँदैनन् । -
प्रचण्डबाट यसरी रुष्टछन् बालुवाटारका पीडितहरु
सवाल नेपालसंवाददातामंगलबार, १५ फागुन २०७३

प्रचण्डबाट यसरी रुष्टछन् बालुवाटारका पीडितहरु
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



