झापाको बुधबारेमा जन्मिएकी पवन पाठकलाई सानैदेखि सफल सञ्चारकर्मी बन्ने रहर लागेको थियो । उनलाइ कलाकारितामा पनि निक्कै रुचि थियो । टिभि हेर्दै लुकिलुकि डान्स त कयौ पटक गरिन् । अनि त्यसपछि बिस्तारै बिद्यालय तथा क्याम्पसमा हुने कार्यक्रमहरुमा उनले आफ्नो प्रस्तुती देखाउन थालिन् ।

कार्यक्रमहरुमा सहभागिता जनाएपछि उनलाइ धेरैले हौसला प्रदान गरे । आज यसैकारण उनि राजधा नीसम्म पुगेकीछन् र एउटा सफल डान्सर तथा मोडलको रुपमा परिचित बन्ने ध्याउन्नेमा छिन् ।् उनि सफल हुनलाइ कपडा खोल्नैपर्छ र अंग देखाउनैपर्छ भन्ने मान्यता नराख्ने बताउछिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर दर्शकहरुको रुचि र समाजमा पच्न सक्ने देखाउदा केहि नबिग्रने उनको भनाइ छ । ग्लामर देखिनका लागि कपडा खोलेर मात्र नहुने उनको तर्क छ । अभिनयबाट नै ग्लामर देखाउन र देखिन सकिने उनी बताउछीन् । छमछमि सिजन १ मा देशभरबाट उत्कृष्ठ ९ मा पर्न सफल उनि भन्छिन्, ग्लामर शारिरिक हाउभाउ, आँखाको चाल र प्रस्तुतीमा देखिनुपर्छ ।