लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गामा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशहास्थित सुरुङ्गा खोलाको पूलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को २४ प ६४२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दूर्घटना भएको हो । सो घटनामा मोटसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ५ का ६५ वर्षीय मोहम्मद मजलुम मियाँ र ४५ वर्षीय रामे पासवानको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कडरबोनाबका प्रहरी निरीक्षक सुरेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी अनुसार मोटरसाइकलाई ठक्कर दिएलगत्तै पुलमै बस पल्टिँदा बसमा सवार ७ यात्रु घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि लहानस्थित अस्पताल पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah