झापा । एक नम्बर प्रदेश अन्तर्गत उदयपुर, ताप्लेजुङ र झापा जिल्लामा सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
उदयपुरः उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईमा सवारी दुर्घटनाम परी १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।.फत्तेपुरबाट सिवाई तर्फ आउँदै गरेको को १ ख ६३८८ नम्बरको ट्रिपरलाई ओभरटेक गर्ने क्रममा बा ३७ प ८८३६ नम्बरको मोटरसाईकल ट्रिपरसंग ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकलमा सवार चालक ईलाम नगरपालिका ८ बस्ने बर्ष ५२ को महेश राई र मोटरसाईकलको पछाडी सवार निजको श्रीमती बर्ष ५० की युरोपिया राई घाईते भई उपचारको विराटनगरस्थित नोबेल अस्पताल पठाईएकोमा उपचारको क्रममा श्रीमती युरोपिया राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । त्यस्तै घाइते श्रीमानको सोही अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ भने मोटरसाईकल र ट्रिपरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
ताप्लेजुङः ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्रा सिरान खामसाक्पा भन्ने स्थानमा ट्याक्टर दुर्घटनाम एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । भित्री सडक खण्डमा गोलिया लिएर आउँदै गरेको मे १ त ४९८९ नम्बरको ट्रयाक्टरको अचानक ट्रली पल्टिएर सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । दुर्घटनामा ट्रयाक्टरका सह चालक जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका २ बस्ने बर्ष १७ को सुरेन्द्र तामाङको गोलिया र ट्रयाक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै ट्रयाक्टरमा सवार ताप्लेजुङ मेरिङदेन गाउँपालिका २ बस्ने बर्ष १६ को टाँसी शेर्पा घाईते जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ ।
झापा : झापाको कमल गाउँपालिका ४ चुलाचुलीमोडमा बसको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको गरेको मे १ ख २५३६ नम्बरको बसले बिपरीत दिशाबाट आउँदै गरेको मे ८ प ६१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाईकल चालक इलाम माङसेवुङ गाउँपालिका ५ मझुवा बस्ने बर्ष २४ को अजय लिम्बुलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते लिम्बुलाई उपचारको लागि दमकस्थित लाईफ लाईन अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।




