काठमाण्डु, ३ चैत्र – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नामका अगाडी चौकीदार थपेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो नामको अघि चौकीदार राखेका हुन् ।
मोदी आफूलाई देशको प्रधानमन्त्री नभई प्रधान चौकिदार भएको बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी कंग्रेसका अध्यक्ष राहुल गान्धीले केही साताअघि त्यसलाई लक्षित गर्दै ‘चौकीदार चोर हो’ भनेका थिए ।
गान्धीको त्यही भनाइको जवाफमा मोदीसहित भारतीय जनता पार्टीका अधिकांश नेताले नामका अघि चौकीदार राखेका छन् । भाजपाको चुनावलक्षित ‘म पनि चौकीदार अभियान’ मार्च ३१ देखि सुरू हुँदैछ ।
भारतमा लोकसभाका लागि अप्रिल ११ देखि चुनाव हुँदैछ ।




