काठमाण्डु, ४ चैत्र – १३ दिनदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेकी पूर्व मुमा बडामहारानी रत्नराज्यलक्ष्मी शाह सोमबार डिस्चार्ज भएकी छिन् ।
पूर्व मुमा डिस्चार्ज हुँदा पूर्व युवराज पारस शाह हजुरआमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए । यस्तै राजपरिवारका अन्य सदस्य पनि पूर्व मुमालाई रिसिभ गर्न अस्पताल पुगेका थिए ।
पूर्व मुमा अस्पतालमा रहँदा उनको हेरचाहका लागि पूर्वरानी कोमल शाह आफैं खटिएकी थिइन् । पूर्व मुमाकै हेरचाहका लागि उनी पूर्वराजा ज्ञानेन्द्रको मधेस भ्रमणमा समेत सहभागि भइनन् ।
डिस्चार्ज भएपछि पूर्व मुमा रत्न र कोमलले उपचारको क्रममा संलग्न चिकित्सक, कर्मचारी, व्यवस्थापन एवम् सरोकारवालाका साथै स्वास्थ्य लामको कामना गर्ने सबै शुभेच्छुकप्रति धन्यवाद ज्ञापन गरेको पूर्वराजा ज्ञानेन्द्र शाहका प्रेस संयोजक फणि पाठकले जानकारी दिए ।
रुघा, खोकी लगायतले ग्रस्त भई पातलो दिशा हुने र पिसाब कम हुने समस्या देखिएपछि ९१ वर्षीय पूर्व मुमा रत्नलाई फागुन २१ गते अस्पताल भर्ना गरिएको थियो ।




