१८ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको फागुन २१ देखि शुरु हुने मेची–काली राष्ट्रिय अभियानमा कुनै अप्रिय घटना भएमा गृहमन्त्री बिमलेन्द्र निधि जिम्मेवार हुने भन्दै त्यसलाई हल्काफुल्का नलिन चेतावनी दिएका छन् । अभियानबारे जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा ओलीले एमाले मन परेन भन्दैमा गृहमन्त्री पदको जिम्मेवारी नभुल्न सचेत गराएका हुन् । ‘माननीय गृहमन्त्रीजीलाई म सम्झाउन चाहन्छु । गृहमन्त्री देशको हुन्छ, कुनै पार्टीको र भूगोलको हुँदैन’ ओलीले भने, ‘एमाले उहाँलाई मन नपर्ला । एमाले भवितब्यले बनेको पार्टी होइन उहाँ भन्दा अगाडिका धेरै गृहमन्त्री देखेको पार्टी हो ।’
आइतबार गृहमन्त्री निधिले लाहनमा आयोजित नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेलाई लखेट्न आव्हान गरेका थिए । ओलीले एमालेले आफ्नो कार्यक्रम गर्ने र कसैलाई आघात नगर्ने वताउँदै ओलीले एमालेका कार्यक्रम बिथोल्न खोजे त्यसको नतिजा हानीकारक हुने चेतावनी दिए । ‘लाइटली नलिनुहोला, एमाले आफ्नो कार्यक्रम गर्छ, कसैलाई आघात गर्दैन’ ओलीले भने भने, ‘तर, अवाञ्छित गतिविधि गरेर एमालेका कार्यक्रम बिथोल्न खोजे त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनु पर्छ ।’
चुनावमा भेटौंला
एमालेलाई गाउँमा कार्यक्रम लिएर आउन नदिन गृहमन्त्री निधिले दिएको निर्देशन प्रति लक्षित गर्दै ओलीले चुनावबाट सावित भएर आउन कांग्रेसलाई चेतावनी दिए । ‘एमालेलाई गाउँमा आउन नदेउ लखेट भन्ने, एमाले मधेस विरोधी भनेर भ्रम फिजाउने काम गरिरहनु भएको छ’ ओलीले भने, ‘म अहिले धेरै दन्तबझान गर्न चाहन्न, चुनावमै भेटौंला, हामीलाई वक्तृत्वकलामा जित्नु छैन ।’
सत्तापक्षको विवादमा पर्न चाहंदैनौं 
एमाले अध्यक्ष ओलीले सत्ताको एउटा पक्षले चुनाव घोषणा गर्ने र सत्ताको अर्काे पक्ष चुनाव बिथोल्ने घोषणा गरेको वताउँदै सत्तापक्षको विवादमा आफू नपर्ने वताए । ‘सत्ताको एउटा पक्ष वाध्य भएर चुनाव घोषणा गर्छ, अर्काे पक्ष चुनाव हुन दिंदैनौं भन्छ’ ओलीले भने, ‘सत्तापक्षको विवादमा हामी पर्न चाहंदैनौं ।’
ओलीले गत चुनावमा ११ सिट जितेका दलले भनेको सिंगो देश र संसदलाई स्वीर्का वाध्य पार्न खोजिएको वताए । उनले जनतामा संविधान र एमालेप्रति पारिएको भ्रम निवारण गर्न अभियान लिएर जान लागेको वताए । ‘विगतमा ११ सिट जित्नेले भनेका सबै कुरा सिंगो संसद र देशले मान्नु पर्छ भन्ने डेमोक्र्यासीको कस्तो मोडेल अपनाइएको हो ?’ ओलीले भने, ‘११ सिट दिने भुलचुक पनि जनताले सच्याउँछ ।’
एमालेको अभियान राष्ट्रलाई एकीकरण गर्ने उद्धेश्यले आयोजना गरिएकाले यो एमालेको मात्रै अभियान नभएको ओलीले वताए । राष्ट्र एकीकरण पृथ्वीनारायण शाहले गरे पनि त्यो पृथ्वीनारायणको ब्यक्तिगत अभियान नभएको र सात सालको क्रान्ति जसले नेतृत्व गरेको भए पनि त्यो दलको मात्रै नभएर देशको भए जस्तै अहिलेको अभियान एमालेले नेतृत्व गरे पनि देशको अभियान भएको ओलीले वताए । ‘राष्ट्रको एकीकरण पृथ्वीनारायण शाहले गरे तर, त्यो पृथ्वीनारायण शाहको अभियान थिएन, सात साल र त्यसपछिका क्रान्ति विभिन्न पार्टीले नेतृत्व गरे ती क्रान्ति ती पार्टीका मात्रै लागि थिएनन्’ ओलीले भने, ‘राष्ट्रलाई एकतावद्ध गर्ने अभियानको नेतृत्व एमालेले गरे पनि यो अभियान देशको अभियान हो ।’  ओलीले संस्कृतको श्लोक वाचन गर्दै एमालेको अभियानले असत्यका ठाउँमा सत्य, अंध्यारोका ठाउँमा उज्यालो र जीवनहीनताका ठाउँमा जिवन्तताको पक्षपोषण गरेको वताए । ‘असतोमा सत्गमय, तमसोमा ज्योतिर्गमय, मृत्र्योमा अमृतम् गमय भनेजस्तै  यो उज्यालोका पक्षमा र भ्रमहरुका बिपक्षमा हो’ ओलीले भने ।
संविधान संसोधन पारित हुन दिइदैन
ओलीले संविधान संशोधन प्रस्ताव संसदबाट पारित नहुने बताएका छन् । ‘संसोधन प्रस्ताव संसदबाट पारित हुँदैन । पारित हुन दिइदैन’ उनले भने ।  संशोधन प्रस्ताव राष्ट्रहितको पक्षमा नरहेको भन्दै संसदीय प्रक्रियामा लैजान आएको सुझावका कारण मात्र प्रक्रियामा जान नरोकेको बताए । ‘कुरा अभ्यासको होइन, निश्कर्षको हो । २ न. प्रदेश बनाएर गल्ती गर्यौं । अव अर्को गल्ती गर्न चाहँदैनौं’ उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah