झापा । सामाजिक सञ्जालमा आफ्नो मृत्यू बारे स्टाटस् लेख्ने झापा बिर्तामोड–९ का युशन श्रेष्ठ सोमबार घर नजिकै मृत अवस्थामा फेला परेका छन् ।

इलाका प्रहरी कार्यलय अनारमनीले जनाए अनुसार सोमबार विहान गाउँलेले युशन मृत अवस्थामा भेटेपछि परिवारलाई जानकारी दिएका थिए । इप्रका अनारमनीका इन्सपेक्टर श्रीप्रसाद राईले मृतक श्रेष्ठको पोष्ट मार्टम गर्न मेची अञ्चल अस्पताल पठाइएको जानकारी दिए । के कारणले मृत्यू भएको हो, पोष्ट मार्टम पछि मात्रै थाहा हुने राईको भनाई छ ।

स्थानीयले मृत अवस्थामा भेटिएका २० वर्षीय श्रेष्ठको मुखबाट सेतो पदार्थ बगेको प्रहरीलाई सुनाएका छन् । प्रहरीले भने, यसै भन्न सक्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् । धेरैले आत्महत्या गरेको अनुमान गरेपनि पुष्टि भने भएको छैन ।

उनले मार्च १५ तारिख बेलुका ७ बजेर ५४ मिनेट (चैत १० )मा आफ्नो फेसबुकमा मृत्यूबारे स्टाटस् लेखेका थिए । उनले अंग्रजी भाषाबाट स्टाटस लेखेका थिए । स्टाटसमा भनिएको छ, म छिटै मर्दै छु । फोटो राखेर श्रद्धाञ्जलि दिन तयार हुनुहोस् । यसरी स्टाटस् लेखेको दुई दिनमा उनको शव फेला प¥यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah