दमक/झापा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले चाम्लुसी तथा हाकिमका अगाडि सेल्युट हानेरमात्र लोकप्रीय बन्न नसकिने भन्दै अनुशासित रुपमा ड्युटीमा लाग्न नगर प्रहरीहरुलाइ निर्देशन दिएकाछन् । नगर प्रहरीको मंगलबार भएको दिक्षान्त समारोहमा उनले यस्तो बताएका हुन् ।
दमक नगरपालिकाले १६ जना नगर प्रहरीलाइ एक महिनाको तालिमपछि दिक्षित गरेको हो । प्रहरी नायव निरिक्षक, प्रहरी साहयक निरिक्षक सहित १६ जना नगर प्रहरी नगरपालिकाले भर्ना गरेको हो ।
नगर प्रमुख ओलीले हाकिमलाइ सेल्युट हान्ने र नजिक हुनेभन्दा जिम्मेवारीलाइ कुशलतापुर्वक बहन गर्ने क्षमता बढाएर जान आग्रह गर्दै त्यो आफुले चाहेको स्पष्ट कार्यक्रममा स्पष्ट पारेका थिए ।
अप्ठेरो तथा जोखिममा परेका महिला, बालबालिका र जेष्ठ नागरिकहरुको उद्धारमा पनि लाग्नुहोस-गीता अधिकारी
कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारीले अप्ठेरो तथा जोखिममा परेका महिला, बालबालिका र जेष्ठ नागरिकहरुको उद्धारमा लाग्न समेत निर्देशन दिएकी थिइन् । उनलाइ कर्तब्य र दायित्वलाइ आत्मसाथ गरेर अघि बढ्न आग्रह गरिन् ।
यो जिम्मेवारीलाइ सफलतापुर्वक सम्पन्न गर्नेमा आशाबादी रहेको भन्दै उनले अझ थप माथि जाने किसिमले काम गर्न शुभकामना दिएकी थिइन् । न्यायिक समितिको फैसला कार्यन्वयनमा समेत नगर प्रहरीको भूमिका रहने उनको भनाइ थियो ।




