काठमाडौँ | होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ । यसै इतिहासलाई मान्दै र जोगाउदै चर्चित दम्पती सञ्चारकर्मी रवि लामिछाने र पुर्व चलचित्र बोर्ड अध्यक्ष निकिता पौडेलले फागु विशेष होलि पुर्णिमा रमाइलो सँग मनाएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रवि लामिछानेले बिहानै फेसबुकमा एक रंगिन तस्बिर राख्दै शुभकामना दिएका थिए । फेरी मध्याह्नमा न्युज फिल्मीको होलि विशेष कार्यक्रमबाट रवि लामिछाने दम्पतीले सबैलाई शुभकामना दिँदै होली मनाएका छन् ।

केही समय अगाडि मात्र कानुनी बिबाह गरेका रवि लामिछाने र निकिता पौडेल आउँदो बैशाखमा धुमधाम सँगले विवाह गर्ने तयारीमा छन् ।

भिडियो हेर्नुहोस् ।

https://youtu.be/YO_dU2EkGgw