उर्लाबारी/ मोरङको उर्लाबारी नगरपालिका वडा नं. ४ थापाडाँगीमा मादकपदार्थ सेवन गरी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक साताअघि स्थानीय देवेन्द्र लिम्बूको भान्सा कोठामा मादकपदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षीया महिलालाई मादक पदार्थ सेवन गराएर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले स्थानीय दुर्गा सिवाकोटी, सुरेश राई, बालकृष्ण खड्का, पपिन राई र रिठ्ठे भनिने लोकबहादुर लिम्बू पक्राउ गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ गरिएकाहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रामप्रसाद तिमल्सिनाले बताए ।ब्लाष्टबाट