मोरङ । पूर्वका इकु भनेर सुरुवाती चरणमा चिनिएका यज्ञबहादुर कटुवाल चर्चित टेलिसिरिएल मेरी बास्सैमा अभिनय गरेपछि परिचय फेरियो । पूर्वका इकुबाट चुप्पी डनको रुपमा चिनिएका मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवालको बेलायती पत्रिकाको अनलाइन ‘डेली मेल डटकम’ले लामो समाचार बनाएसँगै उनको चर्चा विश्वमाझ पुग्यो । उनको अनौठो क्षमता देखेर धेरै दंग पर्छन् ।

जिब्रोले निधार र आँखिभौँ छुने, चिउँडोले नाक छोप्ने क्षमताबाटै चिनिएका हुन् उनी । पछिल्लो चर्चाले आफ्नो ‘गिनिज बुक’मा रेकड राख्ने उद्देश्य रहेको भएपनि कसैबाट सहयोग नपाएको उनको गुनासो छ । आफू चर्चित भएपनि आर्थिक अवस्था राम्रो बन्न नसकेको उनको भनाई छ । उनले देश विदेशमा रहेका नेपालीहरु माझ आफ्नो कला देखाउने चाहना रहेको बताउँछन् । एउटा मात्रै दाँत भएका यज्ञबहादुर आफ्नो अनौठो क्षमताकै आधारमा ‘गिनिज बुक’मा रेकर्ड गराउन चाहेको बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड