काठमाण्डु, ९ चैत्र – प्रतिनिधिसभा सांसद धर्मशिला चापागाईं अस्पताल भर्ना भएकी छन् । स्वासप्रश्वासमा समस्या आएपछि उनलाई शुक्रबार बीर अस्पताल भर्ना गरिएको हो ।
उनी केही वर्षयता स्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित छिन् । उनले यसअघि नयाँदिल्लीको एपोलो अस्पतालमा पनि उपचार गराएकी थिइन् ।
शुक्रबार पुनः समस्या आएपछि बीर अस्पतालमा परीक्षण गराउन गएकी थिइन् । चिकित्सकले भर्ना हुन सल्लाह दिएपछि उनी भर्ना भएकी उनको पारिवारिक श्रोतले जनाएको छ ।




