दमक/संघीय समाजबादी फोरम नेपालका नेता प्रविण चाम्लिड्डले सरकारले विकास र सम्बृद्धिको नारामात्र घन्काएको तर जनजिविकाको सवालमा केहि काम नगरेको आरोप लगाएकाछन् ।

आज झापाको दमकमा भएकोसङघीय प्रेस फोरम , नेपाल १ नम्बर प्रदेश तदर्थ समिती गठन भेलाको उदघाटनमा बोल्दै उनले यस्तो आरोप लगाएकाहुन् ।
आवश्यकता हेरेर जनतालाइ प्रत्यक्षलाभ पुग्ने गरी योजना तथा कार्यक्रम ल्याउनु पर्नेमा उनले जोड दिए ।

उनले ३ अरबभन्दा बढि लगानीमा दमकमा बन्न लागेको भ्यू टावर त्यसको उदाहरण भएको पनि बताए । यसको औचित्य नभएको उनको भनाइ थियो ।

त्यो भ्यू टावरको रकम प्रत्येक वाडमा बाँड्नु भने कति विकास हुन्छ ?, उनले भने । त्यो रकम बाँडेनु पर्ने उनको भनाइ थियो । विकास र सम्बृद्धिको सपना देखाएरमा नहुने भन्दै कार्यन्वयनपक्ष फितलो रहेको उनको टिप्पणी थियो ।

हामी सरकारमा रहेका छाँै तर पनि सरकारको काम नै विरोध गर्नु परेको छ, उनले भने ।  उनले आफुहरु संबिधान शंशोधन र पहिचानको मुद्धालाइ संस्थागत गर्नका लागि सरकारमा गएको पनि बताए । उनले पत्रकारहरुलाइ यस बिषयमा स्पष्ट हुन आग्रह गरे ।

संघीय प्रेस फोरम नेपालका कमन देवाको अध्यक्षतामा भएको भेलाले सङघीय प्रेस फोरम , नेपाल १ नम्बर प्रदेश अध्यक्षमा फिफराज वेघा, उपाध्यक्ष बिना तामाङ , राम योङहाङ, मुख्य सचिव अजित कुमार धिमाल, सचीव ऋषि राई ,सुसन राई , कोषाध्यक्ष मन कुमारी राईलाइ चयन गरेको छ ।

यसैगरी सदस्यहरु बिनुमाया राई, दिवा चेम्जोङ, निमा पंसुवा, मुकेश यादब, देशराज नेम्बाङ, ज्ञानु केदेम, राम लावती , अशोक गुरुङ, युद्ध बहादुर बोहोरा, गुमानसिङ लिङदेन, सुर्य नारायण शाह र सुर्य गुरुङलाइ चयन गरेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah