दमक/अरुण पूर्वका नौ जिल्ला लिम्बुवानको माग राखेर आन्दोलनरत संघीय लिम्बुवान पार्टी नेपालले सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सहित सबै निर्वाचनमा सहभागि हुने भएको छ । सबै निर्वाचनहरुलाई उपयोग गरेर जाने पार्टीको नीति रहेको भन्दै उसले स्थानीय तहहरुमा समेत उम्मेदवारी दिने जनाईएको छ । पार्टी अध्यक्ष सन्जुहाङ पालुङ्वाको अध्यक्षतामा दमकमा बसेको बैठकले सबै्र निर्वाचनमा सहभागि हुने निर्णय गरेको पार्टीका महासचिब प्रेमदीप थाम्सुहाङले बताए । उनका अनुसार जनताको भावाना अनुसार आफूहरु निर्वाचनमा लाग्ने र स्थानीय तहमा समेत उम्मेदवारी दिने तयारी शुरु भएको छ । पार्टीले घरघरमा लिम्बुवान भन्ने कार्यक्रम समेत ल्याउन लागेको पार्टीका नेता देउकुमार नेम्बाङले बताए । उनले अब लिम्बुवान पार्टी जनताको घरघरमा पुगेर लिम्बुवानको बिषमा प्रशिक्षित गर्ने र आकर्षित गर्ने काममा लाग्ने । उनले दमकको मेयरमा पार्टीको उम्मेदवारको बिषयमा पनि चाडै निर्णय हुने जनाए । सम्भवत उनको नै नाम मेयरमा प्रस्ताव हुने श्रोतले बताएको छ । यसको तयारीमा नेम्बाङ लागिसकेकाछन् ।
घरघरमा लिम्बुवान
सवाल नेपालसंवाददाताशुक्रबार, १८ फागुन २०७३

घरघरमा लिम्बुवान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



