जनकपुर / पूर्व राजा ज्ञानेन्द्र शाहको रोकिएको तराई भ्रमण फेरी सुरु हुने भएको छ । तराई भ्रमणमा रहेका पूर्व राजा शाहकी आमा विरामी भएका कारणले रोकिएको उनको तराई भ्रमण पुन सुरु भएको हो ।

उनको रोकिएको भ्रमण जनकपुरबाट सुरु हुने भएको छ । पृथकताबादि आन्दोलनको नेतृत्व गरिरहेका डा. सिके राउत र सरकार बिच भएको सम्झौताको सर्वत्र आलोचना भइरहेको अनि जनकपुरलाई केन्द्र बनाएर सिके राउत समुहले गरेको गतिविधिकै बीचमा पुर्व राजा ज्ञानेन्द्रको जनकपुर भ्रमणलाई देश भित्र र बाहिरबाट महत्वका साथ हेरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व राजा शाहको जनकपुर भ्रमणको पुर्व सन्ध्यामा राजसंस्था र पुर्व राजा निकट मानिएको बैद्धिक सनातन हिन्दु अतिवादी संगठन शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले जनकपुरबाटै राजसंस्था पुनर्बहालीको महाअभियान सुरू हुने जानकारी गराएका छन् ।

भ्रमणको पुर्व तयारीका लागि जनकपुर आएका बस्नेतले मंगलबार साँझ स्थानीय संचारकर्मी संग कुरा गर्दै राजसंस्था पुनर्बहालीको महाअभियान जनकपुरबाटै सुरु हुने र सो अभियानमा सहभागी हुन स्थानियवासीलाई आह्वान समेत गरेका छन् ।

राजसंस्था पुनर्बहालीको नेपाली जनतालाई आवस्यक भएको भन्दै उनले विदेशीहरुको शासन चलाउने दिन सकिएको र अब राजा फर्कने बताएका छन् ।

राजा नभएका बेला देश अनियन्त्रित भई विदेशिहरुको इसारामा देश चलिरहेको बताउँदै उनले अब विदेशिहरुको शासन सकिने बताए ।

राजालाई हटाउनु नेपाली जनताका लागी सबैभन्दा ठूलो भुल सावित भएको र उक्त भुल सुधार्न नेपाली जनता पनि तयार रहेको उनले बताए ।

भ्रमण तालिका सार्वजनिक भए लगत्तै सरकारले जनकपुरको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ भने पुर्व राजा निकटले भ्रमण सफल बनाउन तयारीलाई तिब्र बनाएका छन् ।

पुर्व राजाका समर्थकहरुले भ्रमणलाई भव्य बनाउनका लागी कुनै कसर नछोड्ने बताएका छन् । पहिलो किताब बाट